Logo

मन्त्रीमण्डल विस्तारका लागि छलफलमा जुट्दै देउवा



असार ३१, काठमाण्डौ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न नसकेको भनेर आलोचित भइरहेका शेरबहादुर देउवाले आज छलफलमा जुटेका छन् । सकेसम्म आजै टुङ्गो लगाउने गरी सबै दलसँग छलफल गर्ने तयारी देउवाको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल थाइल्याण्ड भ्रमणबाट आजै फर्किने भएकाले देउवा र दाहालबिच पनि मन्त्रीमण्डल विस्तारबारे छलफल हुने बताइएको छ । यसैगरी देउवाले राप्रपासहित उपेन्द्र यादव र विजयकुमार गच्छादारसँग पनि मन्त्री भागबण्डाकोे विषयमा छलफल गर्ने तयारी गरेका छन् ।
आफ्नैभित्रको गुटलाई समेत सन्तुष्ट बनाउनुपर्ने चुनौति खेपिरहेका देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि छलफल गर्ने तयारी गरेका छन् । पौडेल बाहेक कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का लगायत प्रभावशाली नेताहरुसँग पनि छलफल गरेर पार्टीभित्रको भागबण्डा मिलाउने तयारी देउवाको छ ।



प्रतिक्रिया दिनुहोस्