Logo

यसरी बनाउँदैछन् लोकेन्द्रले ज्ञानेन्द्रलाई बदनाम



असार ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की अहिलेसम्म विवादमा नपरेका स्वच्छ छवी भएका नेता मानिन्छन् । उनी आफैँमा असल र इमानदार भए पनि अर्थमन्त्री बनेपछि उनका नजिकका मान्छेहरुको क्रियाकलापले नै उनको छवी धमिलो बन्ने सम्भावना देखिएको छ । विशेषगरी कार्कीका आफ्नै भाइ लोकेन्द्र कार्कीले अर्थमन्त्रालयको सबैजसो काममा हस्तक्षेप गर्ने गरेका छन् । मन्त्रालयको कामदेखि सरुवा वढुवाका काममा समेत भाइ लोकेन्द्रले हस्तक्षेप गर्न थालेपछि कार्यकर्तादेखि परिवार समेत चिन्तित हुन थालेको बताइएको छ । मन्त्री कार्कीका कान्छा भाइ लोकेन्द्रले सबै काम आफै गरिदिने भन्दै घरमै मान्छे बोलाएर काम र काम गरेबापतको कमिसनको समेत बार्गेनिङ हुने गरेको छ । दाइ मन्त्री भएको मौका छोपी भाइले गरेको गतिविधिप्रति थाहा पाउनेहरु चिन्तित हुन थालेका छन् ।
लोकेन्द्र कार्की खासमा ठेकेदारी गर्दै आएका व्यक्ति हुन् । यसअघि नेपाली सेनाका लागि ठेक्कापट्टाको काम गर्दै आएका लोकेन्द्र विवादमा समेत तानिएका थिए । कामभन्दा बढि कमिसनको खेलमा लाग्ने भनेर चिनिएका लोकेन्द्र अहिले दाइ अर्थमन्त्री भएको मौका छोपी कमिसनकै लागि दाइको छवि बिग्रने चिन्ता छोडेर शक्तिको दुरुपयोग गर्न लागेको आरोप लाग्न थालिसकेको छ ।
भाइका कारण बदनाम हुनबाट जोगिनका लागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले नै चलाखी गर्नुपर्ने उनका शुभेच्छुकहरुले भन्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्