Logo

रामेछापमा खोलाले बगाउँदा सातजना बेपत्ता, पाँचजना घाइते



काठमाडौं १ साउन । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–२ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् भने अरु पाँचजना घाइते भएका छन् । शनिबार राति भारी वर्षासँगै खोलामा बाढी आउँदा खोलाकिनारमा बसेका मजदुरलाई बगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।  बगाएका मजदुरको अवस्था भने खुल्न सकेको छैन । सोही खोलाको बाढीले पुल र स्थानीयको घरसमेत बगाएको छ ।

रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाएर ४ जना वेपत्ता भएका छन् । बाढीबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमा स्थानीय ७५ वर्षीया बालकुमारी खत्री रहेकी छन् । घाइतेका उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घर समेत बगेका छन् । ती घरमा कति जना थिए त्यसको एकिन अझै भइसकेको छैन । शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्