Logo

बद्री पंगेनी पक्राउ काण्डले सामाजिक सञ्जाल कब्जा



काठमाडौं, ४ साउन । लोक तथा दोरी गायक बद्री पंगेनी पक्राउ परेको विषयले सामाजिक सञ्जाल रंगिएको छ । हिजो मंगलवार राति काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका अवस्थामा पंगेनीलाई पक्राउ गरेको प्रहरीले दावि गरेको छ ।

यता पंगेनी सहित ११ जना पक्राउ परेको समाचारको खण्डन गर्दै आफू पक्राउ नपरेको दाबी गरेका छन् । उनले लोकदोहोरी प्रतिष्ठानमै आवद्ध एक जना गायक पक्राउ परेकोले उनको विषयमा बुझ्न प्रहरीकोमा गएको बताएउदै आफ्नो बचाउ गरिरहेका छन् ।

पंगेनीको विगत

गायक पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष हुन्। पंगेनीले अध्यक्षका प्रतयासी चर्चिक गायक विष्णु खर्ती र सर्जक टिकाराम चपाईलाई फराकिलो मतअन्तरले पराजित गरेर २०७३ असोज १२ गते अध्यक्ष पदमा निर्वाचित भएका थिए। काठमाडौं आएपछि पुकार दोहोरी साँझमा ६ वर्षसम्म काम गरेका पंगेनीले काम गर्दा गदै पहिलो लोक दोहोरी एल्वम ‘तानसेन खस्यौली’ सार्वजनिक गरेका थिए।

समयको रप्तारसँगै उनको क्रेज बढदै गयो । त्यसपछि क्रमश पिएन क्याम्पस, ब्युटि नं वान, ससुरालीमा एल्बम सार्वजनिक गरे। उनलाई सर्वाधिक चर्चामा पुर्याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो ।

 

पंगेनीले आफु पक्राउ नपरेको दावि गरिरहेकै बेला लोक दोहोरी प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश विजीको अध्यक्षमा प्रतिष्ठानको आकस्मिक बैठक सुरु भएको खबर बाहीर आएको छ । समाचारह जसरी भाईरल भएपनि सत्य बाहिर आउन समय कुर्नैपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्