Logo

गंगाको स्वरादि गीती एल्वम् बजारमा



काठमाडौं, ५ साउन । नेपाली गीत संगीतको धर्ती आकासमा अर्को एउटा गीति एल्मवको आगमन भएको छ ।  गायिका गंगा गजमेरको पहिलो गित एल्वम ‘स्वरादी’ बजारमा आएका हो । यस एल्मव्मा ४ वटा गित समावेश छन् ।

‘हाँसेर’ बोलको गीतको रचना संगीता थापा र संगीत मानसी किरणको रहेको छ भने ‘झुमि झुमि’ बोलको गीतमा शब्द र संगीत राजु थापाको रहेको छ ।

गीत चल्नको लागि भन्दा पनि गीतलाई जिवन्त बनाउनको लागि आफू क्रियाशिल रहेको बताउने संगीतकार मानसी किरणको ओझिलो साथ पाएकी गायिका गजमेरको स्वरमा ४ वटा गीत तयार पारिएका छन् ।

त्यस्तै ‘कठिन छ तर’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने संगित शिखर सन्तोषले गरेका छन । ‘हेर्छु म’ बोलको गितमा भने शब्द संगिता थापा र संगीत मानसी किरणको रहेको छ ।

‘स्वरादि’ गीती एल्बममा समाहित गीत मध्यमा ‘हेर्छु म’ गीतको म्यूजिक भिडियो पनि निमार्ण गरिएके छ । सन्तोष भट्टराईको निर्देशनमा बनेको उक्त भिडियोमा लक्ष्मि बर्देवाले अभिनय गरेका छन । भिडियोमा युद्ध कालिन समयको कथा देखाउन खोजिएको छ ।

https://www.youtube.com/watch?v=_nFyIazMXOM



प्रतिक्रिया दिनुहोस्