Logo

शक्ति प्रज्वलको सम्पादनमा सार्थक प्रा.लिका २ दर्जन तिज गीत बजारमा



काठमाडौं, ५ साउन । हरितालिका तिजको पूर्व सन्ध्यामा विभिन्न तिजका भाकाहरू बजारमा अस्तित्व जमाउनेमा मौका छोप्दैछन् । गीत संगीतको क्षेत्रमा चिरपरिचित म्यूजिक कम्पनि र्साक डिजिटलले लेङगा चोली बोलको गीत बजारमा ल्याएको छ ।

यो गीत लगायत करिब दुई दर्जन तिज गीत बजारमा पठाएको कम्पनिका निर्देशक एवम् गायक, संगीतकार जीवन पन्त ‘बिवस’ले जानकारी दिए ।

हजारौ गीत संगीत र चलचित्र सम्पादन गरिसकेका सम्पादक प्रज्वल पछिल्लो समयका निक्कै व्यस्त सम्पादक हुन्। मिलनसार बानि र समान भावनाले पनि उनलाई यो क्षेत्रमा जमेर काम गर्ने अवसरले छुट दिएको छैन् ।

उनले यो तिजमा मात्रै सार्थक प्रा.लिका करिब दुई जर्दन गीत सम्पादन गरेका छन् । शक्ति प्रज्वल घिमीरेको उत्कृष्ट सम्पादनमा तयार गरिएको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा सुदिप गैरे र रोजी खड्काको स्वर रहेको छ ।

सुदिप गैरेको लय शब्दामा तयार भएको गीतलाई प्रविण थापाले निर्देशन गरेका छन् । निर्देशक थापालाई अभिनयमा अञ्जली अधिकारीले साथ दिएकी छिन् ।

https://www.youtube.com/watch?v=UjZv7tDBjNI



प्रतिक्रिया दिनुहोस्