Logo

गायक चुनाराको तिज गीत ‘झुम्के बुलाकी’ – भिडियो



काठमाडौं, ६ साउन । नेपाली नारीहको महानचाँड हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक धनराज चुनारा र खड्ककुमारी पुनको तीज विशेष गीत सार्वजनिक भएको छ ।

यस गीतमा शब्द र संगीत रुद्र जीएमको रहेको छ । यसपालिका तीजमा पनि धनराजले आफूलाई दर्शक स्रोतामाझ स्थापित गर्ने क्रममा सर्जक जीएमसँगको सहकार्यलाई निरन्तरता दिएका छन् ।

झुम्के बुलाकी बोलको गीतको म्युजिक भिडियो नरेश सोनीले निर्देशन गरेका छन् । उक्त गीतमा ललित र एलिसनले अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्