Logo

भूमिका शाहको स्वरमा ‘साउने झरी’ बोलको तिजगीत बजारमा–भिडियो



काठमाडौं, ६ साउन । चर्चित गायिका भूमिका शाहको स्वमा ‘साउने झरी’ बोलको तिजभाका बजारमा आएको छ । संदेशमुलक शब्द रचना अनि निकै मनोरन्जनात्मक शैली मार्फत तयार पारिएको ‘साउने झरी’ नामक तिज गीत नेपाली गीत संगीतको क्षेत्रमा समय अनुकुल रहेको निमार्ण पक्षको दावि छ ।

गायक तेजस रेग्मीको शब्द तथा चोलेन्द्र पौड्यालको लय रहेको छ । उक्त म्युजिक भिडियोको छायांकन जीवन रशाईलीले गरेका छन् भने अनुप शिवाकोटीले सम्पादन गरेका छन् ।

उक्त भिडियोको नृत्य निर्देशन एन्जिला बिक र निखिला चापागाईले गरेका छन् । अभिनयमा यादब देबकोटा ,बिष्णु सापकोटा र पवित्रा कंडेललाई देख्न पाईन्छ ।

यो गित अस्ट्रेलियामा छायांकन गरिएको पहिलो तिज गित हो भनेर निमार्ण पक्षले दावि गरेकोे छ। उक्त म्युजिक भिडियो कामना डिजिटल प्रा.लि मार्फत सार्बजानिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्