Logo

जितु नेपाल र नायिका वर्षा राउतको गजबमस्ति –भिडियो सहित



काठमाडौं, ६ साउन । दिर्घ गुरुङको छायाँकन तथा दिपाश्री निरौला निर्देशित नेपाली चलचित्र‘छक्का पञ्जा २’ को पहिलो ‘ए दाजु’ बोलको गीत सार्वजनिक गरिएको छ ।

अल्मोडा राना उप्रेतीको संगीत रहेको गीतमा हरिवंश आचार्य र सुजता बर्माको स्वर छ । शब्द प्रिन्स र दिपकराज गिरी मिलेर लेखेका छन् ।कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल फिचरिङ छन् ।
गीतको दुश्यमा चर्चीत कलाकार जितु नेपाल र नायिका वर्षा राउतको गजबको मस्ती देख्न सकिन्छ । छोटो सयममा यूटुवमा तिन लाख बढिले हेरि सकेका छन् ।

असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की र गीतको भिडियोमा फिचरिङ कलाकारहरुको अभिनय रहेको छ । दिपकराज, दिपाश्री निरौलाको समुहसँग निर्माता विकास राज आचार्यले पनि लगानीमा सहकार्य गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्