Logo

वशन्त फिल्मस प्रा.लिको तिज गीत ‘फूलको डालिमा’ सार्वजनिक



काठमाडौं, ६ साउन । नेपाली गीत संगीतको सम्वद्र्धन,प्रवद्र्धन र उत्थानको हितमा काम गरिरहेका सयौ म्यूजिक कम्पनीका बीचमा पनि चिरपचिरित कम्पनी हो वशन्त फिल्मस प्रा.लि ।

नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको पूर्व सन्ध्यामा वशन्त फिल्मस् प्रा.लिले फूलको डालीमा बोलको टिपिकल तिज भाका बजारमा ल्याएको छ । डि.बि लोप्चन र ईन्दिरा शाहको स्वरमा तयार भएको गितको लय विश्वास नेपाल र शब्द शरद पाण्डेको रहेको छ ।

यस गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । विष्णु शर्माले समपादन गरेको गीतको छायाङ्कन करन चैसिरले गरेका छन् । अभिनयको पाटोमा चर्चित कलाकार गायक, मोडल दुर्गेश थापा र रश्मि तामाङ रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्