Logo

रविनको निर्देशनमा ‘पानको दोकानमा’ तिज गीत सार्वजनिक



काठमाडौं, ७ साउन । निर्देशक रविन शंकरको निर्देशनमा हरितालिका जितको पूर्व सन्ध्यामा पानको दोकानमा बोलको गीत बजारमा आएको छ। सरला पाण्डे र रामजी पौडेलेको संयूक्त कोसेली पानको दोकानमा बोलको गीत टिपिकल गीत भनेर निर्माण पक्षले दावि गरेको छ ।

सरला पाण्डे र रामजी पौडेलको शब्द स्वर तथा मेनुका पाण्डेको लय रहेको उक्त गीतको निर्देशन रविन शंकरले गरेका हुन । छायांकनमा अजय क्षेत्री र सम्पादनमा सुजन शाहीले साथ दिएका छन् ।

रविन शंकरलाई अभिनयमा मिना सेवानले साथ दिएकी छिन् । आषिस म्यूजिक प्रा.लिले बजार व्यबस्थापन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्