Logo

कलाकार प्रधानलाई चौथो पटक किमो



काठमाडौँ, ७ साउन । भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी९रसायन चिकित्सा दिइएको छ ।

सर जेजे स्कुल अफ आर्ट, बम्बइ भारतबाट स्नातक बाउन्न वर्षीय प्रधान करिब दुई महिनादेखि नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँ चित्रकारितामा घनवाद र दृष्टान्त कलाकारितामा सक्रिय हुनुहुन्छ ।

उहाँले मुहार चित्रमा पनि विशेष तालिम लिनुभएको छ । “ किमोपछि सुधार भएको महसुुस गरेको छु ” प्रधानले रासससँग भन्नुभयो । उहाँले पाइपबाट नै खाना खाइरहनुभएको छ ।

काठमाडौँ र स्विट्जरल्यान्डमा धेरै पटक एकल चित्र प्रदर्शनी गर्नुभएका प्रधान नेपाल, भारत, बंगलादेश र फ्रान्समा पनि सामूहिक चित्रकलामा सहभागी भइसक्नुभएको छ ।

नेपाल वाटरकलर सोसाइटीका सदस्य प्रधानलाई उपचारमा सहयोगका लागि आधुनिक कलाकार समाज ९सोमा०, वाटरकलर सोसाइटी, ललितकला हातेमालो अभियान, नेपाल इन्टरनेसन वाटरकलर सोसाइटीलगायतबाट रकम प्रदान भएको सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्