Logo

कांग्रेस बैठक बस्दै, चुनावीसमिक्षामा गुटको गन्ध



काठमाडौं ८ साउन । नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको समिक्षा गर्दै तेस्रो चरणको चुनावमा नयाँ रणनीति बनाउने भएको छ । हिजो सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्दैछ । बैठक बिहान साढे ८ बजेपछि पार्टी कार्यालय सानेपामा बस्नेछ । समसामयिक राजनीति र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्न नेपाली काग्रेसको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण र अब लिनुपर्ने नितिका बारेमा छलफल भैरहेको छ ।

बैठकको शुरुमा नै पार्टी उपसभापति रामचन्द्र पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एकढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारे धारणा राख्नुभएको थियो । प्रदेश नं दुईमा आगामी असोज २ गते हुने निर्वाचनका सम्बन्धमा पनि बैठकमा छलफल भैरहेको नेता आनन्द ढुङगानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्