Logo

सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ सदनसमक्ष पेश



काठमाडौँ, ८ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जुठबहादुर टुहरे खड्गीले ‘सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

यसैगरी, समाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विभिन्न ६ वटा आयोगका छुट्टाछुट्टै विधेयकसम्बन्धी प्रतिवेदन २०७४ लाई सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

प्रस्तुत भएका ती विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग, मुस्लिम आयोग विधेयकसम्बन्धी समितिका प्रतिवेदन २०७४ रहेका छन् ।

यसैगरी, बैठकमा कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बरालले ‘कृषि तथा जलस्रोत समितिको वार्षिक प्रतिवेदन, २०७४’ पनि पेश सदनसमक्ष गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अगामी बैठक यही साउन ९ गते दिनको १ बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्