Logo

पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ



काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ, नासुद्वय राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गाप्रसाद पोखरेल घुस रकमसहित पक्राउ परेका हुन् ।

आयोगले संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरुलाई वेभ सेकुवा कर्नर कौशलटारबाट यही साउन ६ गते पक्राउ गरिएको र अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्