Logo

बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु



धनगढी, ८ साउन । कैलालीमा आज बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

एकजना गम्भीर घाइते भएका छन् । धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको तीनजना सवार से१प ७८६० नं को मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नं को बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

गौरीगंगा नगरपालिका ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय वीरबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । गम्भीर घाइते मोटरसाइकलमा सवार आशिष चौधरीलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । बस चालक ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्