Logo

राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिनेछ : मन्त्री गौतम



काठमाडौँ, ११ साउन । नवनियुक्त सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्दै उहाँले मुलुकमा रोजगारीको अवसर बढाउन उत्पादन वृद्धि गर्नुपर्ने र त्यसका लागि सिँचाइ सुविधा अपरिहार्य भएको बताउनुभयो ।

मन्त्री गौतमले परम्परागत रुपमा गरिँदै आएको सिँचाइ प्रणालीमा नयाँ प्रविधि जोडेर समयसापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

मुलुक अहिले संविधान कार्यान्यवयनका क्रममा रहेको बताउँदै उहाँले भन्नुभयो – “निर्धारित समयभित्र प्रदेश नं २ को स्थानीय तह तथा प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी देशलाई विकासको मार्गमा डो¥याउन आवश्यक छ ।”

एक कार्यकाल बर्दिया जिल्ला सभापतिको जिम्मेवारी पूरा गरी हाल पुनः पार्टीको जिल्ला सभापति निर्वाचित हुनुभएका गौतम लामो समयदेखि नेपाली काँग्रेससँग आबद्ध रहिआउनु भएको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा उहाँ बर्दिया क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्