काठमाडौं, १३ साउन । प्रमुख दल नेपाली कांग्रेसभित्र अहिले गुटबन्दीको ठूलो रोग देखा परेको छ । कांग्रेसमा देखिनेगरि चारवटा गुटहरु छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु क्रमशः कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको ठूलो गुट छ । तर अहिले दुःखको कुरा गुटभित्रपनि उपगुटहरु सतहमै देखापरेपछि कांग्रेसभित्र महाभारत देखिएको छ ।
कांग्रेस निकट उच्च स्रोतका अनुसार कांग्रेसभित्रको ठूलो रोग भनेको नै गुटबन्दी हो । गुटले गर्दा कांग्रेसभित्रका मेहनती, ईमानदार, र सक्रिय नेता तथा कार्यकर्ताहरु अन्यौलमा छन् । उनीहरु अहिले सुतेर बस्न बाध्य भएका छन् । यसको ज्वलन्त उद्देश्य भनेको देउवाको विकल्पमा सक्रिय देखिएका नेता विमलेन्द्र निधिसँग नेतृ सुजाता कोइराला रुष्ट बनेकी हुन् । निधिले मधेशको २ नम्बर प्रदेशमा आफूले भनेकोे मान्छेलाई मात्रै टिकट दिनेुपर्ने सार्वजनिक उद्धघोष गरेका थिए ।
पछिल्लो समय पार्टी सभापति देउवाकै गुटमा रहेका नेता निधिसँग अर्को तहका नेताहरु क्रमशः बालकृष्ण खाँड, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत पनि रुष्ट बनेका छन् । उनीहरुले अर्को उपगुट खडा गर्ने तयारी गरिरहेका छन् ।
त्यस्तै पौडेल समूहमा पनि अर्को ठूलो गुट छ । कोइरालहरु एक भए । उनीहरु गुटबन्दी हुनुहुँदैन भन्ने पक्षमा छन् । नेता पौडेलसँगपनि उनीहरुको ठूलो रुष्टता छ् । महामन्त्री शशांक, नेताहरु शेखर र सुजाता तीनै जना पौडेलसँग रुष्ट छन् । पौडेल समूहभित्र पनि अर्को गुट छ । नेता प्रकाशमान सिंह र रामशरण महत पनि गुटबन्दीको तयारीमा जुटेका छन् । उनीहरुले नेता पौडेललाई त्यति महत्व दिएका छैनन् । त्यस्तै हालै मन्त्री बन्न नपाएका नेता बलबहादुर केसी पनि पौडेलसँग रुष्ट छन् ।
यता नेता खुमबहादुर खड्का पनि अर्को ठूलो र सशक्त गुट खडा गरेर उभिएका छन । उनको समूहबाट यो पटक नेता मोहन बस्नेत सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।
रोचक त के भने अहिले तीन जना कोइरला नेताहरुले पार्टीभित्र मौलाएको गुटबन्दी क्यान्सर रोगजस्तै भएको बताउँदै उक्त गुट तथा उपगुटहरु भत्काउने चेतावनी दिएका छन् । त्यसैल त उनीहरुले यतिवेला देउवा र पौडेल दुवै गुटबन्दी गर्नेहरुलाई चेतावनी दिँदैछन् ।
उनीहरुले अहिले पार्टीभित्र ठूलो रणनीति बुन्दैछन् । तीन जना कोइराला नेताहरुको एकताको कारणले सरकारको कार्यशैलीबाट रुष्ट छन् । तर उनीहरुले पार्टीभित्रको उक्त तयारीबारे अहिलेसम्म कसैलाई पनि भनेका छैनन् । नेता कोइरालाहरुलाई अहिले देउवाले पनि केही गर्न सक्दैनन् भन्ने छ। त्यस्तै उनीहरु पैडेलसँगपनि विश्वस्त छैनन् । पौडेलको कार्यशैलीप्रति तिव्र असन्तुष्टि बनेका छन् ।




प्रतिक्रिया