Logo

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो



भोजपुर, १४ साउन । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट उक्त घटनाको अनुसन्धान शुरु गरेको हो । उक्त घटनाका सम्बन्धमा यसअघि क्षेत्रीय प्रहरी कार्यलयले अनुसन्धान गरिरहेका थिए ।

अनुसन्धान ढिला भएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि अब भने केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाका विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा सत्य, तथ्य र यर्थात वाहिर ल्याउन तथा अनुसन्धान प्रभावकारी बनाउनका लागि दबाब दिने उद्देश्यले स्थानीयवासी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । अनुसन्धानलाई प्रभावकारी बनाउने हो भने आगामी सात दिनसम्म कुनै पनि विरोधका कार्यक्रम नगर्ने सघर्ष समितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्