Logo

केन्याका उपराष्ट्रपतिको घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण



नैरोबी (केन्या), १५ साउन । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ ।

कैन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित बन्नुभएका उहुरु केन्याटाको रोजाईमा उपराष्ट्रपति बनेका रूटोको घरमा आक्रमण हुँदा उहाँभने घरमा नभएको सुरक्षाकर्मीले बताएका छन् ।

आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते बन्नुभएको छ ।

घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण गरेको र जेएसयुका अधिकारीसँगबाट अत्याधुनिक हतियार खोसी अन्धाधुन्ध गोली चलाएपछि उहाँ घाइते हुनुभएको थियो । उक्त समूह आक्रमणपछि फरार रहेको बताइएको छ ।

सुरक्षाकर्मीका थप समूहलाई उपराष्ट्रपतिको नैरोवीबाट ३१२ किलोमिटर टाढा रहेको एल्डोरेट नजीकैको शहरमा अवस्थित घर बरपर पठाई आक्रमणकारीको खोजी भइरहेको छ । रासस/एएफ्पी



प्रतिक्रिया दिनुहोस्