Logo

नायिका जिसीको तिज गीत ‘जोगी बनायो’ बजारमा



धनराज वास्तविकः काठमाडौं, १५ साउन । पछिल्लो समयमा तिजका भाकाले एकछत्र राज गरेका छन भन्दा फरक नपर्ला । यसवर्ष तिजको अवसर पारि नायिका तथा गायिका तुल्सी जिसीले सोचेको जस्तो नभएको कुरा, समाजका यर्थात परक सन्दर्भहरू आफ्नो  गीतमा भाकामा गाएकी छिन्।

नवराज पराजुली र तुल्सी जिसीको ‘जोगी बनायो’ बोलको तिज गीत कृष्ण फिल्मसले बजारमा ल्याएको हो । उक्त गीतमा तुल्सी जिसी र नवराज पराजुलीको सुमधुर आवाज रहेको छ । नवराज पराजुलीको शब्द तथा लयमा तयार भएको गीतको भिडियो निर्देशन प्रेम थापाले गरेका छन् ।

छायांकनमा रामेश्वर हुमागाईले साथ दिइएका छन् । सम्पादनमा नविन घर्ती मगरले साथ दिएका छन् । गायिका तुल्सी जिसी अभिनित नेपाली सामाजिक चलचित्र ‘अग्निदहन’ निकट भविष्यमै प्रर्दशन हुँदैछ।

 



प्रतिक्रिया दिनुहोस्