Logo

कृष्णको स्वरमा एलिनाको अभिनय रहेको तिज गीत सार्वजनिक



काठमाडौं, १५ साउन । नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा गीत संगीत सर्जक, श्रष्टाहरू गीत निमार्ण गर्ने र बजारमा पठाउनमा खुब व्यस्त देखिन्छ ।

यसै क्रममा गीत संगीतलाई सुन्दर बनाउनको लागि अभिनय क्षेत्रमा लागेका कलाकारको पनि उत्तिकै भूमिका रहन्छ । बर्दियामा जन्मेकी मोडल एलिना देउजा पनि यो वर्षको तिज गीतमा खुब व्यस्त रहिन ।

पोहोर साल मात्रै यस क्षेत्रमा प्रवेश गरेकी देउजाले यो वर्ष आधा दर्जन जती गीतमा अभिनय गरेको बताउछिन् । गायिका पुष्पा बोहरा र कृष्ण विसीको आवाजमा रहेको‘मायाले मायालाई सन्कायो’ बोलको तिज गीतमा देउजाले अभिनय गरेकि छिन् ।

अशोक बि.कले निर्देशन गरेको उक्त गीतको छायांकन वासु न्यौपानेले गरेका छन्। सम्पादन रमेश रसाईलीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्