Logo

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गराउन आयोग तयार छ : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं, १५ साउन । प्रमुखनिर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश र प्रतिनिधि सभाको दुवै  निर्वाचन एकै पटक गर्न आयोग तयार र सक्षमरहेको बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै प्रमुखनिर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न आयोग तयार रहेको बताएकाहुन् । उनले भने,‘ईच्छाशक्ति भयो भने केहीपनि असंभव छैन, त्यसैले निर्वाचन अयाोग प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा सम्पन्न गराउनतयार र सक्षम छ, त्यसको लागिहामीलाई चाहिने सबै आवश्यक कुराहरु सरकारले उपलब्ध गराउनुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले दुवै निर्वाचनएकै चरणमा गर्नु राम्रो कुरा भएको समेत बताए । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु राम्रो कुरा हो, आयोगको यसमा असहमति छैन, हामीपनि तयार छौं, तर यसको लागि सरकारले हामीलाई समयमै आवश्यक ऐन तथा कानून, निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन दिनुपर्छ।’त्यस्तै सरकारले आयोगलाई साधनस्रोत दिनुपर्ने समेत उनको भनाई थियो ।

यादवले दुवै निर्वाचन एकै चरणमा सम्पन्न गराउनको लागि सरकार, संसद र राजनीतिकदलहरुले आयोगले अघि सारेकाविषयहरुलाई सम्बोधनगर्नुपर्ने बताए । उनले भने,‘हामीले त सरकारलाई पहिल्यै नै दुई चरणमा निर्वाचनगर्नेगरि निर्वाचनसम्बन्धीकार्यक्रमहरु दिईसकेका छौं, अबउहाँहरुले एकै चरणमा गर्नुपर्छ भन्नुहुन्छ भने यसमाहामीतीनै पक्ष सरकार, दल र निर्वाचनआयोगवीच छलफल हुनुपर्छ, तत्काल बृहत्त छलफल गरेर एउटा निश्कर्षमापुगौं, हामी सरकारले भने अनुसार एकै पटक निर्वाचन गराउनतयार छौं।।’

प्रमुख निर्वाचन आयुक्त यादवले दुवै निर्वाचन एकै चरणमा गर्नको लागि सरकारले अर्को महत्वपूर्ण पक्षअहिलेको मतदान केन्द्रहरुको स्तरोन्नती एवम् सुदृढिकरण गर्नुपर्ने समेत माँग गरे । उनले भने,‘अहिलेकै मतदान केन्द्रहरुबाट दुवै निर्वाचन एकै चरणमा गर्न गाह«ो हुन्छ।’तर उनले निर्वाचन एकै चरणमा सम्पन्न गराउनको लागिचारवटा मतपत्रबाट असंभवभएकोले दुई वटा मतपत्रबाटमात्रै गर्नुपने बताए । उनले भने,‘एउटा मतपत्रबाट प्रदेशको र अर्कोबाट केन्द्रको निर्वाचनगर्नुपर्छ, अन्यविकल्पमापनि छलफल गर्न सकिन्छ।’

https://www.youtube.com/watch?v=10iU8OwPucM

निर्वाचन एकै चरणमा गर्ने हो भने यसको लागिदलहरुले निर्वाचनआयोगसँग बसेर बृहत्त छलफल गरेर एउटा निश्कर्षमापुग्नुपर्ने बताउँदै यादवले भने,‘तर हामीसँग समय अत्यन्तै छोटो छ, तर ईच्छाशक्ति भयो भने असंभव केहीछैन, यसमा सबैको सहयोग हुन जरुरी छ, भदौको पहिलो हप्ताभित्रै हामीलाई निर्वाचनको मिति चाहिन्छ यतातिर सरकारले ध्यानदिओस्, मंसिरको पहिलो हप्ताभित्रै निर्वाचनगर्नैपर्छ।’
उनले एकै चरणमा निर्वाचनगर्ने हो भने ७ करोड मतपत्र र ३ करोड मतदाता परिचयपत्र छाप्नुपर्ने भन्दै तर यसको लागि सरकारसँग भएको जनकशिक्षा सामाग्री केन्द्रसँग त्यो क्षमतानभएकोले सरकारले बेलैमायसको बारेमाविकल्पखोज्नुपर्ने समेत सुझावदिए ।

यद्धपी उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गरिए महिलाहरुको प्रतिनिधित्व सुनिश्चितहुँदैन किभनेर चिन्ताव्यक्तगर्दै भने,‘यसलाई निवारण गर्नको लागिदलहरुले सोच्नुपर्छ, ईमानदार भएर सुनिश्चित गराउने प्रत्याभुति गराउनुपर्छ।’
त्यस्तै उनले आगामीअसोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीयतहको तेस्रो चरणको निर्वाचनको तयारीमाआयोग जुटिसकेको समेत बताए । उनले भने,‘यो निर्वाचनलाई हामीभव्य रुपमा सम्पन्नगर्न आँतुर छौं।’
उक्तनिर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागिभदौको पहिलो हप्ताभित्रै मुख्यनिर्वाचनअधिकृत र निर्वाचनअधिकृतहरुको कार्यालय स्थापनागरिसक्ने उनले जनाए । त्यस्तै आयोले मतदाताशिक्षालाई प्रभावकारी अघि बढाउने र निर्वाचनआचारसंहितालागु गरेर पनि अघि बढ्ने बताए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागिविद्युतीयमतदान मेशिनप्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्रकारको प्रश्नमाउनले भने,‘ईलेक्टो«निकभोटिङ् मेशिनप्रयोग गर्नेबारेपनि छलफल हुँदैछ, तर यसको व्यवस्थापकीयजिम्मा सरकारले लिनुपर्छ, हामीयसबारेमा सरकार र दलहरुसँग् व्यापक छलफल गर्छौं, दलहरु तयार भएप्रयोग गर्न सकिन्छ, गर्ने नै हो भने सरकारले कि त किनेर ल्याईदिनुपर्यो, कि त लिजमाल्याईदिनुपर्यो।’

 



प्रतिक्रिया दिनुहोस्