Logo

अर्बपति उद्योगी विनोद चौधरीको कुल सम्पत्तिमा यो वर्ष ०.२ बिलियन अमेरिकी डलर वृद्धि



साउन १५, काठमाण्डौ । नेपालका अर्बपति उद्योगी विनोद चौधरीको कुल सम्पत्तिमा यो वर्ष ०.२ बिलियन अमेरिकी डलर अर्थात् २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

हालै फोब्र्सले सार्वजनिक गरेको विश्वका धनीहरुको सूचीअनुसार नेपाली उद्योगी चौधरी १ हजार ५ सय ६७ औं नम्बरमा परेका छन् । चौधरीको कुल सम्पत्ति यो वर्ष बढेर १.३४ बिलियन अमेरिकी डलर अर्थात करिब १ खर्ब ३४ अर्ब नेपाली रुपैयाँ पुगेको छ । यसअघि गत वर्षको सोहि समयमा उनको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर मात्र रहेको थियो ।

फोब्र्समा भएको उनको व्यक्तिगत विवरणअनुसार सम्पत्ति वृद्धि हुनुमा नबिल बैंकको शेयरको मुख्य योगदान रहेको छ । चौधरी नेपालको प्रमुख व्यवसायीक घराना चौधरी ग्रुपका मालिक हुन् । चौधरी ग्रुप अन्तर्गत खाद्यान्न, इलेक्ट्रोनिक्स, बियर र होटलहरुको व्यवसाय रहेको छ । त्यस्तै उनको सिजी फुड्सले लोकप्रिय नुडल्स ब्राण्ड वाइवाइको उत्पादन गर्दछ भने वाइवाइको फ्याक्ट्री भारत, सर्विया, साउदि अरेयिबा र बंगलादेशमा पनि रहेको छ ।

सिजी समूहले भारतको लक्जरी चेन होटल ताज होटलको सहकार्यमा विश्वभर २९ वटा होटलहरुमा अधिकार लिएको छ भने ७० वटाको सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।।

 



प्रतिक्रिया दिनुहोस्