Logo

आर्थिक रुपमा संकटग्रस्त रहेको साझा प्रकाशनभित्रको विवाद छताछुल्ल



साउन १५, काठमाण्डौ । नेपाली भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला विवादमा परेको छ । साझा प्रकाशनभित्र भ्रष्टाचार भएको आरोप लागेपछि संस्थाले खण्डन गरेको छ । तर संस्था, पूर्व कर्मचारी, शेयर होल्डर लगायतका सम्बिन्धत पक्षबिचको विवाद सार्वजनिक भएको छ ।

साझा प्रकाशनको नेतृत्वले मनपरी क्रियाकलाप गर्न थालेको भन्ने आरोप लाग्न थालेपछि आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर यथार्थ अवस्था जानकारी गराउने प्रयास गरिएको थियो ।

पछिल्लो समयमा उठेका सवाल एवम् गतिविधि तथा लामो समयदेखि सार्वजनिक हुन नसकेको लेखापरिक्षण लगायत विषयमा स्पष्ट पार्ने उद्देश्यले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा उपस्थित भएका थिए ।

 

शर्माले आफूले जिम्मेवारी लिएपछि साझाको अवस्था विगतकोभन्दा धेरै सुधार भएको दाबी गर्दै आफुमाथि झुटो आरोप लगाइएकोमा आक्रोष व्यक्त गरे ।

शर्माले जटिल अवस्थाबाट साझालाई सुधारको बाटोमा लैजाने प्रयास गर्दा अनावश्यक आरोप लगाइएको गुनासो समेत गरे । सुधार गरेर सक्षम बनाउन खोज्दा बाधा पु¥याउनेहरुले झुटो आरोप लगाएको शर्माको दाबी छ । तर शर्माको दाबीलाई चुनौति दिदै मनपरी कर्मचारी भर्ना गरेको, कर्मचारी निकाला गरेको लगायतका आरोप लगाउँदै कर्मचारी र शेयर होल्डरहरुले अर्को आरोप लगाउँदा दुई पक्षबिचको तिक्तका स्पष्ट देखिएको थियो ।

 

तलब समयमानै उपलब्ध नगराउने र मनपरी ढङगले साझा प्रकाशनलाई राम्रो बनाउन भन्दा पनि भ्रष्टचारको खाल्डोमा हालेको एक पक्षको आरोप थियो । साझा प्रकाशन गैर जिम्मेवारी बन्दै गएको र राजनैतिक खेलमा मुिछएको आरोप समेत लगाइएको छ । महाप्रबन्धक शर्माले सञ्चालक समितिको निर्णय विरुद्ध काम गरेको, अर्थमन्त्रालयको निर्देशनको अवज्ञा गरेको, अख्तियारमा झुट विवरण पेस भएको लगायतको आरोप शेयर होल्डरले लगाएका छन् ।

पछिल्लो समय आर्थिक रुपमा कमजोर बनेको साझा प्रकाशनमा महाप्रबन्धकको रुपमा डोलेन्द्रप्रसाद शर्मालाई करिब २ वर्षअघि नियुक्ति गरेपछि उनले साझा बचाउ अभियान सुरु गरेका थिए । साझालाई दुई वर्षभित्र पहिलेको जस्तै सुदृढ बनाउन २६ बुँदे कार्ययोजना बनाएर काम थालेका महाप्रबन्धक शर्माले केही कार्यक्रम पनि गरेका थिए । तर पछिल्लो समय आर्थिक संकट समाधान नभएपछि शेयर होल्डर, कर्मचारी लगायतले आरोप प्रत्यारोप गर्न सुरु गरेका हुन् ।

तस्विर: मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्