Logo

उचारचढाबका बिच सामान्य अंकले घट्यो शेयरबजार, आइतबार कस्तो रह्यो समग्र बजार ?



साउन १५, काठमाण्डौ । आइतबार शेयरबजार उचारचढाबका बिच सामान्य अंकले घटेको छ । १ हजार ६ सय ४३ दशमलव २८ अंकबाट बजार खुल्ने वित्तीकैै अत्यधिक विक्री भएपछि कारोबारमा हरियाली छाएको थियो । बिच समयमा विभिन्न उतारचढावका साथ समग्रमा बजार शून्य दशमलव २ शून्य प्रतिशत सामान्य अंकले ओरालो लागेको हो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३ दशमलव २५ अंकले ओरालो लागेर १ हजार ६ सय ४३ दशमलव २८ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ८७ अंकले ओरालो लागेर ३ सय ४५ दशमलव ३६ अंकमा बन्द भएकोछ ।

आइतबारको कारोबारमा गत साताको अन्तिम दिन विहिबार १ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार १ सय ५२ कम्पनीको ९६ करोड ८६ लाख ३१ हजार ९ सय ७१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आइतबारको कारोबारमा कारोबारमा आएका आठ समूहमध्येतीन समूहमा उकालो लागेकोछ भने पाँच समूहमा गिरावट आएपछि समग्र बजार घटेकोछ ।

आइतबार सबैभन्दा धेरै होटल समूहको परिसुचक ४७ दशमलव ६१ अंकले उकालो लागेर २ हजार ३ सय ६३ दशमलव २८ अंकमा बन्द भएकोछ । त्यसैगरी उत्पादन तथा प्रशोधन समुहको परिसुचक ३१ दशमलव ५३ अंक र विकास बैक समूहको परिसुचक १० दशमलव ३ अंकले उकालो लागेकोछ ।

त्यसैगरी आइतबारको कारोबारमा सबैभन्दा धेरै बीमा समूहको परिसुचक ८१ दशमलव ८८ अंकले ओरालो लागेर ९ हजार ५ सय ९४ दशमलव शून्य ५ अंकमा बन्द भएकोछ । त्यसैगरी बैंकिङ समूह ४ दशमलव ४३ अंक, जलविद्युत समूह ५ दशमलव ९ अंक, फाइनान्स शुन्य दशमलव ८१ अंक र अन्य समूह शुन्य दशमलव २९ अंकले ओरालो लागेका छन् ।

आइतबारको कारोबारमा बीमा समूहमा पर्ने प्रभु इन्स्योरेन्सको ८ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २५ प्रतिशत बोनस दिने घोषणा गरेको प्राइमलाईफको पनि ५ करोड ७३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । आइतबार सर्वा्धिक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र हिमालयन डिस्टिलरीका लगानीकर्ता रहेका छन् । यी कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

त्यस्तै कुवेर मर्चेन्ट फाइनान्स लिमिटेड र तारागाउँ रिजेन्सीको पनि ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढेको छ । त्यसैगरी आइतबारको कारोबारमा गुमाउनेमा प्राइम लाइफ इन्सुरेन्सका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्य ५ दशमलव ९० अंकले घटेको छ । परिसुचक घटेसँगै आज कारोबार रकममा पनि केही कमि आएको छ ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot