Logo

इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने (फोटोफिचर)



काठमाडौं,: एभरेष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने भएको छ। आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इपीएल-२०१७ मा ६ शहरका फ्रान्चाइज टीम रहने घोषणा गरेको हो।

साथै परिमार्जित संस्करणको नयाँ लोगो समेत सार्वजनिक गरियो। राष्ट्रिय क्रिके६ टिमका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष आमिर अख्तरले लोगो सार्वजनिक गरे।

प्रतियोगिताको सबै विषयमा जानकारी नदिइएपनि विजेताले पाउने नगद पुरस्कार राशी घोषणा, नयाँ लोगो, छ शरहको टिमको नाम घोषणा, खेलाडी अक्सन र प्रत्यक टिमले ३ विदेशी खेलाडी राख्ने विषय आइतबारको कार्यत्र्रममको मुख्य आकर्षण रह्यो।

आयोजक जोहराका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका आमिर आख्तरकै भनाई मान्ने हो भने क्रिकेट प्रेमीहरुलाई कौतुहलता जगाउन थोरै थोरै विषयमा जानकारी गराइएको हो।

प्रष्ट छ अघिल्लो संस्करण जस्तै यसपटक पनि इपीएलमा कूल छ टीमकै सहभागिता रहनेछ। तर टिमको नाम भने फरक रहनेछ र यसपटक शहरको नामबाट टीमको नाम तय छ। काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखरा आगामी डिसेम्मवरमा हुने इपीएलमा खेल्ने छ टोली हुनेछन्।

यस्तै टीमको कप्तान र मालिकको घोषणा भने यही अगस्टको अन्त्यतिर अर्को कार्यक्रम गरेर घोषणा गर्ने अख्तरले जानकारी दिए। प्रतियोगिगता सिंङ्गल राउण्ड रोविन लिगको आधारमा हुनेछ। प्रत्येक टिमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष चारमा रहने टीम प्लेअफमा पुग्नेछन् र प्लेअफ पछि फाइनल खेल हुनेछ। प्रतियोगिताको सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

 

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्