Logo

तराई मधेशमा ५० प्रतिशत निर्वाचन क्षेत्र चाहिन्छ : राजेन्द्र महतो



साउन १६, काठमाण्डौ । क्षेत्र निर्धारण आयोगलाई सुझाब दिन गएको राजपाको टोलीले संविधानले गरेको व्यवस्था अनुसार क्षेत्र निर्धारण गर्न सुझाएको राजपाका नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।

तर मुल आधार भने जनसंख्यालाई बनाउनुपर्नेमा राजपाले जोड दिएको महतोले बताएका छन् । १ सय ६५ निर्वाचन क्षेत्रको आधा क्षेत्र तराई मधेशमा हुनुपर्ने महतोको तर्क छ । त्यस क्षेत्रमा ५० प्रतिशतभन्दा बढि जनसंख्या भएकाले निर्वाचन क्षेत्र पनि सोही अनुसार हुनुपर्ने तर्क महतोले गरेका छन् ।

भूगोलको आधारमा हरेक जिल्लाले कम्तिमा एउटा निर्वाचन क्षेत्र पाउने कुरामा राजपा सहमत हुने जनाउँदै तराई मधेशमा भने आधा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने महतोले बताएका हुन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले आफुहरुले दिएको सुझाब पालना गर्नुपर्ने समेत महतोले जिकिर गरेका छन् ।
महतोले राजपा सबै चुनावमा जान तयार भए पनि भाग लिन नदिइएको आरोप लगाएका छन् । अहिले पनि निर्वाचनमा जाने वातावरण नबनाइएको आरोप महतोको छ । यही अवस्थामा राजपा चुनावमा नजाने महतोले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्