Logo

काँग्रेसले आत्म समिक्षा गरेर तेस्रो चरणको निर्वाचनमा होमिनु पर्छ: नेत्री डा.संग्रौला



प्रकाश खनालः बुटवल,साउन १७ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल महिला संघकी पुर्व अध्यक्ष डा.डिला संग्रौलाले नेपाली कांग्रेस नेतृत्वले स्थानिय तह निर्वाचन परिणामको बारेमा आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने बताएकी छिन् ।

संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस स्थानिय तहको निर्वाचनमा दोस्रो दलको रुपमा आउनुमा पार्टी भित्रकै आन्तरिक कमिकमजोरी प्रमुख कारण रहेको बताउदै उनले पार्टी नेतृत्वले अब आत्म समिक्षा गरेर बिगतका कमिकमजोरीहरुलाई सच्याउदै अगाडी बढ्नु बताईन ।

मंगलबार रिपोर्टर्स क्लव नेपाल रुपन्देहीको आयोजित साक्षात्कारमा बोल्दै महिला नेत्रि संग्रौलाले स्थानिय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता नपाउनुको कारण बारे समिक्षा गर्न आफुहरु देश दौडाहमा निस्किएको जानकारी दिइन् ।

स्थानिय तह निर्वाचनमा कतिपय जित्ने ठाउँहरुमा पनि हार व्यहोर्नुपरेको र कतिपय दिग्गज नेतृत्वले समेत पराजय व्यहोर्नुमा नेपाली कांग्रेसले आफ्ना एजेण्डा जनतालाई बुझाउन नसक्नु र टिकट बितरणमा ढिलाई हुनु जस्ता कारण पनि रहेको उल्लेख गरिन् ।

अहिले सम्म सम्पन्न भएको स्थानिय तहको निर्वाचन परिणामले कांग्रेसलाई दोस्रो स्थानमा राखे पनि मुलुक कांग्रेसकै एजेण्डाबाट चलिरहेको उनको दाबी थियो ।

क्रान्ति, शान्ति र संबिधानको नेतृत्व कांग्रेसलेनै गरेको दाबी गर्दै उनले बिगतमा भएका कमिकमजोरीहरुलाई सच्याउदै प्रदेश नं २ को निर्वाचन र प्रदेश तथा केन्द्रिय संसद निर्वाचनलाई लक्षित गरि पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याइन् ।

नेतृत्व कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुनुपर्ने कुरामा जोड दिदै महिला नेत्रि संग्रौलाले कांग्रेसले अब आफुलाई पुनर्ताजगि गर्दै प्रदेशको निर्वाचनमा पार्टीलाई बिजयी बनाउने अभियानमा जुट्नुपर्ने आवस्यकता रहेको बताईन ।

पहिलो, दोस्रो हुदै तेस्रो चरणको निर्वाचनसम्म आईपुग्दा मधेसवादी दलहरुपनि स्थानिय तहको निर्वाचनमा सहभागि हुने वातावरण बन्दै गएको भन्दै उनले मधेसवादी दलहरुलाई समेत सहभागि गराउनकै लागि २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचनगर्ने तय भएको बताईन् ।

अहिले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाउमा अतिवादी सोच हाबी भएको बताउदै उनले हिमाल,पहाड तराई सहितको नेपाली राष्ट्रवादनै कांग्रेसको मुख्य एजेण्डा भएको बताइन् ।

प्रमुख पदमा कमै महिलाले टिकट पाए पनि स्थानिय तह निर्वाचनमा भएको महिलाहरुको ४० प्रतिसत सहभागिताले महिलाहरुमा राजनीतिक जागरण ल्याएको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल महिला संघ पुर्व केन्द्रिय सदस्य निर्मला क्षेत्रले भरखरै सम्पन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले अनपेक्षित परिणाम आउनुको कारणबारे समिक्षागर्ने क्रममा आफुहरु जिल्ला भ्रमणमा निस्किएको बताएकी छिन् । नेत्री क्षेत्रीले सम्पन्न निर्वाचनमा पार्टी भित्रको अन्तरघातले कसैलाई पनि फाईदा नहुने बताएकि छिन् ।

उनले अघि थपिन।‘संसदको सबैभन्दा ठुलो दल भएर पनि नेपाली कांग्रेसले स्थानिय तहमा दोस्रो स्थानमा खुम्चिनुमा आफ्नो एजेण्डा जनतालाई बुझाउन नसक्नु र टिकट बितरणमा ढिलाई हुनु प्रमुख कारण रहेको उनिहरुको भनाई थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।’

त्यस्तै महिला संघकी पूर्व अर्की केन्द्रिय सदस्य उर्मिला थापाले पार्टी भित्रको बैमनस्यता र गुटवन्दी अन्त्यको लागि सबै नेता तथा कार्यकर्ताले सोच्नु पर्ने बताएकी छिन्। ’

 



प्रतिक्रिया दिनुहोस्