Logo

सातवर्ष पछि यसरी झुल्किए ‘रुद्रप्रिया’मार्फत रेखा र आर्यन (भिडियो सहित)



काठमाडौं, १८ साउन । आगामी कार्तिक २ गते प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्रको शिर्ष गीतको भिडियो सावैजनिक गरिएको छ । बुढासुब्बाको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको ‘मेरो माया छ भने, रुमाल चिनो देउ’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘मेरो माया छ भने’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।

लोकप्रिय नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य अभिनय गरेको चलचित्र ‘‘रुद्रप्रिया’ फस्टलूक पोस्टर र यसै गीतको अडियो केही दिन अघि मात्रै सावर्जनिक गरिएको थियो ।

रेखा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’को फष्टलुक पोस्टरमा रेखा केही भिन्न र रोचक तरिकाले देखिएईको थियो । पोस्टरमा नायिका थापाको अनुहारको आधाभाग छोपिएको छ ।

पोस्टरमा रेखाले नायक सिग्देलको हात समातेको देखिन्छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको ‘रुद्रप्रिया’ नायक थापाले नै निर्माण गरेकी हुन् । चलचित्रका गीतमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यस चलचित्रका कार्यकारी निर्माता एम।के पौडेल हुन् ।



प्रतिक्रिया दिनुहोस्