Logo

देउवा भारत जानुअघि चिनीयाँ राष्ट्रपतिले किन विशेष दुत नेपाल पठाउँदैछन् ?



काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल र भारतवीचको द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर बनेको छ। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको निमन्त्रणामा भदौको पहिलो हप्ता भारत भ्रमणमा जाँदैछन् । तर यही वीचमा अर्को छिमेकी मित्रराष्ट्र चीनले नेपालमा आफ्नो विशेष दुत नेपाल पठाउने तयारी गरिसकेको छ ।

नेपालका प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्किनुभन्दा अघि नै चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले किन विशेष दुत नेपाल पठाउँदैछन् भन्ने विषयले अहिले नेपालको राजनीतिक माहोल तातेको छ ।

नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुुर महराको निमन्त्रणामा चीनीयाँ उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ । चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली, लिउ याङ, वाङ याङ र मा काई छन् । तर उनको यो भ्रमणलाई राजनीतिक अर्थमा समेत हेरिएको छ ।

भारत र चीनवीचको पछिल्लो तनावलाई नेपालको आधिकारिक स्ट्याण्ड के हो भनेर बुझ्नको लागि चीनले आफ्ना दुतहरु नेपाल पठाएको हुन सक्नेपनि अनुमान गरिएको छ । तसर्थ, भारत र चीनकाबीचमा वाकयुद्ध चल्नु, नेपालमा चुनावी प्रक्रिया जारी रहनु र यही अवस्थमा चीनीयाँ प्रतिनिधि नेपाल आउनुको विशेष महत्व छ ।

हुन त हालै धार्मिक भ्रमणमा ल्हासा पुगेका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले प्रष्ट रुपमा अब नेपालमा संघीयता फाप्दैन् र बरु दलहरुले केन्द्रिय संसदको चुनावको तयारीमा जुट्नुपर्ने सल्लाह दिएको थियो । यस्तो सल्लाह दिएपछि एमाले अध्यक्ष ओलीले पनि काठमाडौंमा ओर्लिने वित्तिकै प्रदेशको निर्वाचन नभएपनि अब केन्द्रिय संसदको निर्वाचनतिर लाग्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उनको उक्त भनाई समेत गम्भिर रुपमा हेरिएको छ ।

पछिल्लो समय चीनले नेपालको राजनीतिमा सक्रिय चासो राख्न थालेको छ । त्यही कारण भएर नेपाली राजनीतिमा चीनको पनि उपस्थिति राम्रो देखिएको छ। आर्थिक लगानीमा मात्रै नभएर अब नेपालको राजनीतिक घट्नाक्रममा चीनले आफ्नो चासो बढाएको छ ।

नेपालका प्रधानमन्त्री देउवाको आफ्नो देशको भ्रमण हुुनुअघि नै चीनले नेपालमा किन दुत पठाउँदैछ भनेर नयाँ दिल्लीले यतिवेला कारणहरु खोजिररहेको बुझिएको छ।

यस्तो अवस्थामा प्रधानमन्त्री देउवाको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम देला त, धेरैको मनमा यो प्रश्न बिझेको छ । कांग्रेस नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले पत्रकार ऋषि धमलासँग भनेका छन्,‘नेपाल–भारतवीच भएका सन्धिसम्झौताहरु कार्यान्वयन गर्न दहो« रुपमा देउवाजी उभिनुपर्छ, उहाँ प्रष्ट हुनुपर्छ।’

यता नेपाल–चीन मामिलाका जानकार एवम् चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चीनीयाँ उपप्रधानमन्त्रीसहित एक टोली नेपाल आउनु भनेको नेपाल–चीन द्धिपक्षीय सम्बन्धमा चीनले आफ्नो उपस्थिति बलियो पार्न चाहेको प्रष्ट हुने बताए । कार्कीका अनुसार हालै देखिएको भारत–चीनवीचको तनावमा नेपाललाई चीनले कुनै एक पक्षको साईड नलिउ है भन्न आएको हन् सक्ने समेत अनुमान गरे ।

 



प्रतिक्रिया दिनुहोस्