Logo

मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने योजना अन्तिम चरणमा



नेपाललाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने योजना अघि सारिएको थियो । पशुपंक्षी विकास मन्त्रालय गठन भएपछि आत्मनिर्भरको योजना अघि सारिएको थियो । के हुँदैछ त आत्मनिर्भरको योजना ? पशुपंक्षी विकास मन्त्रालयले गर्दै आएका समग्र कामको बारेमा मन्त्रालयका सचिव युवकध्वज जिसीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुराकानी गर्नुभएको छ । उक्त अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पशुपक्षी विकास मन्त्रालयले केके काम गरिरहेको छ ?
यो मन्त्रात्रलयले मानिसको लागि आवश्यक पर्ने दुध, अण्डा र मासुसँग सम्बिन्धत काम गर्ने गर्दछ । कामका लागि माथिल्लो तहमा बजेटका लागि पैरवी गर्छ । हामी मातहतका विभाग र जिल्लास्तरका कार्यालयको काम हामी हेर्छौँ ।

नेपाली बजारमा पाइने दुधको गुणस्तर कस्तो छ ?
दूधको गुणस्तर ठाउँअनुसार फरक हुन सक्छ । तर स्वास्थ्यका हिसाबले गुणस्तरीय र सहि मात्रामा दुध सेवन गराउने हाम्रो उद्देश्य हो ।

तर बजारमा गुणस्तरीय दूध पाइदैन । बेलाबेलामा घटना र अवस्था पनि सार्वजनिक भइरहेका छन् ।
हामीलाई जानकारी भएसम्म गुणस्तरहिन वा खान नहुने किसिमका दूध विक्रि भएको थाहा पाएमा कारबाही गछौँ । विशेषगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र हाम्रो निकायबिचको समन्वयमा काम गरिरहेका छौँ । सबै नागरिकले स्वस्थ दूध खाइरहेका छन् भन्ने हाम्रो बुझाई छ । अहिले चाँही हामी सबै नागरिकलाई मात्रात्मक हिसाबले दूध उपलब्ध गराउने काममा ध्यान दिएका छौँ ।

दूध उत्पादन पनि पर्याप्त छैन । भारतबाट दूध आयात गर्नुपर्ने अवस्था किन आयो ?
दूध कम उत्पादन हुने सिजनमा आयात गर्नुपर्ने अवस्था छ । तर पशुपंक्षी विकास मन्त्रालय स्थापना भएपछि हामीले दूधमा आत्मनिर्भर हुने योजना ल्याएका छौँ । यो देशमा लक्ष्य निर्धारण गरेर काम गर्ने मान्त्रालय यही हो ।

अण्डामा आत्मनिर्भर भइसकेको हो ?
तथ्याङ्कका आधारमा हिसाब गर्दा वार्षिक रुपमा आवश्यक पर्ने अण्डा उत्पादनको लक्ष्य पूरा भएको छ ।

मासुको अवस्था के छ ?
मासु प्रतिव्यक्ति वार्षिक २ किलो अपुग छ । यो वर्षमा त्यो पनि पूरा गर्ने लक्ष्य लिएका छौँ ।

मात्रा त पुग्ला । तर राजधानीमा मासु व्यवसायको अस्तव्यस्त अवस्थाको अन्त्य कहिले हुन्छ ?
मन्त्रालयको उद्देश्य पनि स्वस्थ मासु उत्पादन र विक्रि नै हो । अहिले गोठदेखि ओठसम्म स्वस्थ पशुवस्तु पु¥याउने कुरा गरेका छौँ । पछिल्लो समय सुधार पनि भएको छ । मिट मार्टको कुरा पनि उठाएका छौँ । स्थानीय तहसँग मिलेर पनि पशु बधशाला बनाउने योजना ल्याएका छौँ । पशुकल्याणको योजना पनि ल्याउँदै छौँ ।

 



प्रतिक्रिया दिनुहोस्