Logo

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए



कान्दाहार (अफगानिस्तान), १९ साउन । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन् ।

घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य चार घाइते भएका आरएसले बिहीबार मात्र जानकारी दिएको छ ।

यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन ।

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot