Logo

यसरी स्पष्टीकरण दिए खड्काले, जुन जग्गा किनियो त्यसमा कसैले चिन्ता नगरे हुन्छ



पछि हामीले किनेकोभन्दा महँगोमा विक्रि हुन्छ (विज्ञप्तीसहित) 

काठमाडौं, १९ साउन । नेपाल आयल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले खोलाको छेउमा जग्गा किनेर अनियमितता नगरेको स्पष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै आयल निगमले सबै प्रक्रिया र्पुयाएर जग्गा किनिएको प्रष्टीकरण दिएको हो । त्यस्तै उसले जग्गा महंगो परेको पनि स्वीकार गरेको छ ।
आफूले ३६ वर्ष सडक विभागका बिताएको बताउँदै टेण्डर प्रक्रियाबारे आफू जानकार रहेको र सबै प्रक्रिया र्पुयाएर जग्गा किनिएको बताए ।

पत्रकार सम्मेलनमा आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खोलको छेउमा नै आयल निगमले जग्गा किनेको स्वीकारे । उनले आयल निगमको भण्डारमा आगोको जोखिम हुने भएकाले पर्याप्त पानी उपलब्ध हुने स्थानमा जग्गा किनिएको स्पष्ट गरे ।

भट्टराईले निगमले किनेको जग्गा महंगो परेको पनि स्वीकारे । तर,स्थानीय तहसँग लिएको जानकारीका आधारमा जग्गा किनिएको तर्क पनि उनले राखे ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्