Logo

बार्सिलोना छोड्दाछोड्दै मेसीबारे नेयमारले यसो भने



काठमाडौं, २० साउन । ब्राजिलका नेइमारले बार्सिलोना छोड्ने क्रममा अर्जेन्टिनी स्टार लिओनल मेसीलाई आफ्नो जीवनमा भेटेको सबैभन्दा उत्कृष्ट खेलाडीको दर्जा दिएका छन्।

उनले बार्सिलोना छोड्दै गर्दा सोशल मिडियामा पोस्ट गरेका छन्, ‘उत्कृट खेलाडी, मेरो जीवनमा मैले देखेको मध्ये।’ उनले मेसीसँग मैदान भित्र र बाहिर बिताएको क्षण आफ्नो जीवनको अमूल्य समय भएको बताएका छन्। ‘लिओनल मेसी टिममा मेरो एकदमै मिल्ने साथी बने। मैदान भित्र र बाहिर साथी भए,’ उनले लेखेका छन्, ‘मलाई गर्व छ, तिमीसँग खेल्ने अवसर पाएकोमा। हामीले मिलेर लुइस सुआरेजलाई उल्यायौं। यो क्षण जीवनभर मसँग रहनेछ।’

उनले एउटा खेलाडीले पाउने सबै कुरा आफूले पाएको बताउँदै लेखेका छन्, ‘मैले विश्व चर्चित खेलाडीसँग भिडियो गेम्समा खेल्ने अवसर पाएँ। मैले अविस्मरणीय क्षण बिताएँ, त्यो शहरमा, जुन मेरो लागि शहर मात्र नभएर घर पनि हो।’

उनले बार्सिलोना र क्याटलोनिया आफ्नो मुटुमा सधै बस्ने भन्दै आफूले नयाँ चुनौतीको चाहना राखेको तथा पिएसजीले ठूलो प्रस्ताव राखेको र त्यसलाई आफूले सहर्ष स्विकार गरेको बताएका छन्। ‘यतिबेला मलाई लाग्यो, मैले बाहिरिनु पर्छ। यसैले म बाहिरिएको हूँ।’  (एजेन्सीको सहयोगमा )



प्रतिक्रिया दिनुहोस्