Logo

प्रमुख तीन दलका नेताहरुद्धारा अनशन तोड्न डाक्टर गोविन्द केसीलाई आग्रह



काठमाडौं, २० साउन । प्रमुख तीन दलले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन तत्काल तोड्नको लागि आग्रह गरेका छन् ।

शुक्रबार साँझ सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा शीर्ष नेताहरुले अनशन तोड्नको लागि डाक्टर केसीलाई आग्रह गरेका हुन् ।

बैठकमा सहभागी कांग्रेस नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डाक्टर केसीको माँग पूरा गर्नेबारे सरकार गम्भिर रहेकोले तत्काल अनशन तोड्नको लागि आजको बैठकमार्फत आग्रह गरिएको जानकारी दिए । उनले भने,‘प्रमुख तीन दलका शीर्ष नेताहरुवीच गम्भिर सहमति भएको छ, उहाँहरुले डाक्टर केसीको माँग सम्बोधन गरेर जानेबारे सहमति जनाउनुभएको छ।’

त्यस्तै बैठकमा सहभागी शिक्षा सचिव शान्ताबहादुर श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने,‘डाक्टर केसीले राख्नुभएको माँगको बारेमा अहिले शिक्षासम्बनधी विद्येयकमा सार्र्वभौम सम्पन्न संसदमा छलफल भैरहेको छ, संसदले विद्येयकको बारेमा गम्भिर छलफल गरिरहेको छ, चिकित्सा शिक्षासम्बन्धी सबैलाई हित हुनेगरि विद्येयक अघि बढाईन्छ।’

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति थियो ।

त्यस्तै बैठकमा उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्व शिक्षा तथा स्वास्थ्यमन्त्रीहरु, र संसदीय महिला तथा बालबालिका समितिका सदस्यहरु सबैको सहभागी थियो ।

शिक्षा सचिव श्रेष्ठका अनुसार आजको बैठकको निचोड उक्त विद्येकमाथि सार्वभौम संसदले छलफल गरिरहेकोले विद्येयक नेपाली जनताको हित अनुसार छिटो मुद्दा किनारा लगाउनेमा सबैको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्