अपर कर्णाली देशको हितमा राखेर निर्माण गर्नेछौं : प्रधानमन्त्री देउवा


काठमाडौं, २१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अपर कर्णाली निर्माणबारे के गर्ने भन्नेबार आफूले देशको हितमा राखेर मात्रै निर्णय गर्ने विश्वास दिलाएका छन् ।

शनिबार प्रधानमन्त्रीलाई अपर कर्णाली स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने माँगसहित ज्ञापनपत्र बुझाउन पुगेको साना कम्युनिष्ट दलका प्रतिनिधिहरुसँग देउवाले यस्तो बताएका हुन् ।

उक्त डेलिगेशनमा चित्रबहादुर केसी, मोहन बैद्य, नेत्र विक्रम चन्द लगायतका नेताहरु थिए । अपर कर्णाली निर्माणको लागि प्रधानमन्त्रीले देशकोस्वार्थमा र हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने वचन दिएका नेता केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।