Logo

मुलुकको सुमृद्धिको आधार ऊर्जा र पर्यटन क्षेत्रको विकास : अर्थमन्त्री कार्की 



काठमाडौँ , २१ साउन । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको मुख्य आधार ऊर्जा र पर्यटन क्षेत्रको विकास रहेको बताएका छन् ।

भोजपुर(काठमाडौं सम्पर्क समितिले शनिबार राजधानीमा गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।मन्त्री कार्कीले मुलुकलाई समृद्धशाली राष्ट्रको ठाउँमा पुर्‍याउँन अर्थमन्त्रीको भूमिकामा आफूले दिनरात नभनी काम गरिरहेको बताए ।

उनले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउँनका लागि सबैले आ(आफ्नो ठाउँबाट पहल गनुपर्ने स्पष्ट पारे ।  मन्त्री कार्कीले आफ्नो कार्यकालमा अघि बढाइँएको अरुण तेस्रो , माथिल्लो तामाकोशी र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि मुलुकनै कायपलट हुने धारणा राखे ।

उनले भने,’ पूर्व र पश्चिमको समतामूलक विकास गर्नका लागि पूर्वमा अरुण तेस्रो मध्येमा माथिल्लो तामाकोशी र पश्चिममा माथिल्लो कर्णाली आयोजनालाई छनोट गरि अघि बढाइएको हो  । यि आयोजना निर्माण भई सञ्चालनमा आएपछि नेपालले समृद्धिको गति लिन्छ । यस्ता राष्ट्रिय महत्त्वका थुप्रै आयोजनाहरू पहिचान गरि अघि बढाउन अर्थमन्त्रीको रुपमा भूमिका खेल्ने छु । 

लगानी मैत्री वातावरण निर्माण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै अर्थमन्त्री कार्कीले त्यसका लागि आवश्यक कदम चाल्ने बताए । मन्त्री कार्कीले आफ्नो कार्यकालमा जनताले अनुभूत गर्ने गरि आर्थिक क्षेत्रको विकास गरिने समेत विश्वास दिलाए ।

उनले आफू काम गर्ने ठाउँमा रहेको बेला भोजपुरले विकासमा फड्को मारेको स्मरण गराउँदै अब पनि जिल्लाको शैक्षिक, भौतिक, आर्थिक , समाजिक लगायतका क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

मन्त्री कार्कीले भोजपुरमा बाटो,विजुली, बजार व्यवस्थापन , पुल , पर्यटकीय पूर्वधार निर्माण , दूरसञ्चार  क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताए । कार्यक्रममा वाणिज्य मन्त्री मीन विश्वकर्माले मुलुकको व्यापार घाटा न्यूनिकरण गर्न र व्यापार प्रबर्द्धन गर्नका लागि आफूले विशेष भूमिका निर्वाह गर्ने बताए ।

उनले निर्यात बुद्धि गर्नु पर्ने तर्क गर्दै उनले यसका लागि विशेष गृहकार्य गरिरहेको बताए । मन्त्री विश्वकर्माले भोजपुर, संखुवासभा र आसपासको क्षेत्रमा उत्पादन हुने पवित्र रुद्राक्षलाई विदेशमा निर्यात हुने बस्तुको सूचिका सूचिकृत गर्दै यसको प्रबर्द्धन, संरक्षण, र व्यावसायिक उत्पादनका लागि भोजपुर, खाँदबारी र धरानलाई छनोट गरि विशेष कार्यक्रम अघि बढाईने बताए ।

पूर्व अर्थमन्त्री शंकर कोइरालाले इमानदार भएर लागि पर्ने हो भने मुलुकको समृद्धि टाढा नरहेको बताए ।  भोजपुर(काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अधिवक्ता केदार कार्कीले मुलुकको विकासको लागि विदेशी लगानी महत्त्वपूर्ण रहेको धारणा राख्दै त्यसका लागि विद्यमान ऐन कानूनमा समयानुकूल परिमार्जन गर्नु पर्ने बताए ।

उनले ठूलो मात्रामा विदेशी लगानी भित्र्याउन र लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले त्यहिँ अनुकूलको नीति अख्तियार गर्नुपर्ने स्पष्ट पारे ।

कार्कीले विकास वहस निरन्तर हुनुपर्ने बताउँदै त्यसका लागि सबैले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की , वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा , भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाश आले,षडानन्द नगरपालिकाका मेयर वीरबल राई, अरुण गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर कार्की साल्पासिलोछोका प्रमुख महेश राई गणेश बुढाथोकी लगायतलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्