Logo

सरकारले फुटपाथ व्यवसाय विस्थापित गर्न लागेको भन्दै व्यवसायी आन्दोलित



साउन २१, काठमाण्डौ । राजधानी काठमाण्डौको सडक दैनिक अस्तव्यस्त हुनुको एउटा प्रमुख कारण फुटपाथ व्यापार पनि हो । वर्षौदखि सडक पेटिमा व्यापार गर्दै आएका फुटपाथ व्यवसायीलाई सरकारले व्यवस्थित गर्न नसक्दा यो समस्या जस्ताको त्यस्तै छ । कानुनी रुपमा फुटपाथमा पसल राखेर व्यवसाय गर्न नपाइने नियम कार्यान्वयन गर्ने तयारी गरेपछि फुटपाथ व्यवसायी भने आन्दोलित बनेका छन् ।
सरकारले फुटपाथमा व्यवसाय सञ्चालन गर्न नदिने भए पछि व्यवसायिहरु आन्दोलित बनेका छन् । काठमाण्डौ उपत्यकाका प्रमुख शहरमा रहेका फुटपाथमा व्यापार गर्दै आएका व्यवसायीलाई सरकारले व्यवसायमा प्रतिबन्ध लगाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

सेवा प्रदायक व्यापार व्यवसायि संघर्ष समितिले बिरोधका कार्यक्रम समेत घोषणा गरेको छ । सडक फुटपाथमा व्यापार गर्नु आफ्नो रहर नभई बाध्यता भएकोले यसलाई सरकारी संवेदनशील भएर सोच्नुपर्ने उनीहरुको भनाई छ । कहिले सार्क स्तरिय सम्मेलनका लागी त कहिले सडक बिस्तारका नाममा व्यवसायिलाई व्यापार गर्नबाट बञ्चीत गराएको उनिहरुले आरोप लगाएका छन् । व्यवसायीहरुले नगरपालीका, महानगरपालीका, जिल्ला प्रशासन कार्यलय लगायतमा धर्ना दिने कार्यक्रम अघि सारेका छन् ।

फुटपाथमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले बैकल्पीक व्यवस्थाको ग्यारेन्टी गरिनु पर्ने, व्यवसायीक क्षेत्रको शान्ती सुरक्षाको व्यवस्था गरिनु पर्ने, बैकल्पीक स्थानको व्यवस्था नहुन्जेल सडकलाई आवरोध नपुग्ने गरि जीवीकोपार्जनका लागी सहज वातावरण मिलाईनु पर्ने लगायतका माग अघि सारेका छन् । व्यवसायिले स्थानीय तह तथा राज्यले उचित व्यवस्थापन मिलाई व्यवसाय गर्ने वातावरण मिलाउन सकेमा स्थानीय तथा राज्य लाई कर तिर्न समेत तयार रहेको व्यवसायीको भनाई छ ।
विहान ५ वजे देखि ९ वजेसम्म र बेलुका ५ बजे देखि ९ वजेसम्म सडकलाई अवरोध नगर्ने गरि व्यवसाय गर्न दिई निम्न वर्गको रक्षा गर्न आग्रह गरेका छन् । व्यवसायीले गुनासो गरे पनि फुटपाथमा भएका पसलले पैदलयात्रु भने समस्यामा पर्ने गरेका छन् ।

पैदल यात्रुको सुरक्षाका लागि निर्माण गरिएको फुटपाथ क्षेत्रमा व्यवसायीहरुले व्यापार गर्ने थलोको रुपमा प्रयोग गर्ने गरेकाले फुटपाथ असुरक्षित हुने गरेको छ । फुटपाथमा पसल हुने गरेकाले पैदल यात्रु सडकबाट हिड्नु पर्ने बाध्यता छ । जसका कारण सडक दुर्घटना निम्तिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्