Logo

को हुन ? त्रिबेणी गजल सन्ध्यामा उभिने तिनजना युवा



काठमाडौं, २२ साउन । गुड लिंक मिडिया प्रालि र कुसे न्युजले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान”अन्तर्गत राजधानीमा बेग्लै कार्यक्रम गर्ने भएको छ । अघिल्लो महिना युगल गजल साँझ गरेको मिडियाले यसपटक त्रिबेणी गजल सन्ध्या आयोजना गर्ने भएको छ । त्रिबेणाी गजल सन्ध्या ५, ६ र ७ नं प्रदेशका युवा तथा होनाहार गजलकारहरूको उपस्थिति रहेनछ ।
 
फरक स्वाद र नितान्तै भिन्न पन पस्कन खोजीएको कार्यक्रममा नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका राखिएको छ । गजलमा समाजिक क्रान्ति आउनुपर्छ भन्ने मुल ध्ययका साथ हुने कार्यक्रममा मध्य तथा सुदुपश्चिमका युवा गजलकारहरूको प्रस्तुती रहनेछ । कार्यक्रममा तिनवटा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी गजलकारहरूलार्इ उभ्याइएको छ ।
 
पछिल्लो समय गजलप्रति युवाहरूको आकर्षण बडदो छ । माया र प्रेमको दर्द साटसाट गर्ने माध्याम बनेको गजलको दायारालार्इ फराकिलो बनाउन एउटा तप्का लागिपरेको देखिन्छ । समाजिक सन्देश र मुलुकको परिबर्तनमा नयाँ आयाम थप्नु पर्छ भन्ने मान्यता सहित नेपाली गजलमा क्रान्ति भएको देखिन्छ । गजल कवितात्मक शैलीको प्रभावमा लेखिदै आएको कुरालाई भने नकार्न सकिन्न । यो शैलीको प्रयोग मध्य तथा सुदुर पश्चिममा अलि बढी हुँदै आएको छ । मध्य तथा सुदुरपश्चिममा गजलको बाढी आएको देखिन्छ ।
 
को हुन बेगम थापा निश्चल ?
 
पसिनाको कुनै मुल्य हुँदैन
सुख हुँदैन जहाँ दुख हुँदैन ।
 
उँट पनि त मरूभुमिमा बाँचिरहेछ
जहाँ कुनै हरिया रूख हुँदैन ।
 
चाहे भान्छामा चामल सकियोस
तैपनि कविलार्इ अपुग हुँदैन ।
 
 
बेगम थापा निश्चल प्रदेश नं ५
झट हेर्दा हाँसिला मुहारका लक्का जवान बेगम थापा निश्चललार्इ बिद्यार्थीहरूको मन जित्न भ्याइ नभ्यार्इ छ । एकातिर कलम अर्कोतिर शिक्षण पेशालार्इ जिवनको कर्म बनाएका थापा सजिला र सरल लाग्छन । माता मोतीसरा थापा पिता रामपति थापाबाट २०४२ सालमा कोहलपुर ५ बाके जन्मिएका बेग वहादुर थापा उर्फ बेगम थापा निश्चलले परिचित छन ।
 
साहित्यका प्रचुर संभावना बोकेका बेगम लामै समय पुर्णिमा साहित्य प्रतिष्ठानसंग आबद्भ रहे । जिल्लामा हुने जस्तासुकै साहित्यिक कार्यक्रम भन्ने बितिक्कै हुरूक्कै हुने थापा मिजाशिला स्वभावका छन । उनलार्इ त्यहि स्वभावका कारण सानैदेखि साथीहरूसंग भिझ्न सहज बनायो । विस्तारै साथीहरूको संगतले कवि बनायो गजलकार बनायो ।
 
थुप्रै पत्रिकामा गित गजल कविता र लेखहरू नियमित लेख्ने थापा शिक्षण पेशामा आबद्ध छन । उनको संयुक्त संग्रह सपनाहरूको लस्कर समेत प्रकाशन भएको छ । राष्ट्र र जनतालार्इ मुख्य बिन्दुमा राखेर कलम चलाउने थापा मोफसलका केहि साहित्यकारको आँखामा अटाउन सकेको देखिदैन । तर पाठकको मनमा भने अब्बल ढंगले बसेको देखिने उनि राजधानीमा हुन लागेको युवा जागरण अभियानको त्रिवेणी गजल सन्ध्यामा ५ नं प्रदेशको तर्फबाट उपस्थित हुँदैछन ।
 
यि हुन धनराज वास्तविक
 
नजलाउनु मेरो लास बिन्ति मलामीलाई
मुटुमा देश राखेकोछु मनमा प्रियसीलाई ।
 
खुब लगानी गरियो खास पत्ता लगाउन
कत्ति बुझ्न सकिएन रत्ति जिन्दगीलाई ।
 
 
धनराज वास्तविक प्रदेश नं ६
कर्णालीबाट राजधानिमा भबिश्य खोज्दै आएका धनराज शसक्त संचारकर्मी हुन । उनि संचारकर्मि मात्रै हैनन् कलकार पनि हुन । कला साहित्य र पत्रकारितालार्इ सँगैसँगै अघिबडाएका वास्तविकका जिन्दगिका कहानी पनि कर्णाली जतिकै घुमाउरा र लामा छन ।
 
बाबा आमा पदम योगी, मनसरा गिरी योगीको कोखबाट २०४५–०८–२८, नरहरिनाथ गाउँपालिका, कालिकोटमा जन्मिएका वास्तविकद्धारा दुईवटा कृति प्रकाशित छन् ।
 
प्रकाशित कृति – दोभान गजल संग्रह २०६७ , अनुमति बिना प्रवेश निषेध, उपन्यास – २०७२ ,चर्चीत गीत– यो हो सगरमाथाको देश, जुन गीत शिसिर योगीको स्वर रहेको छ ।
 
त्यस्तै लोक तथा दोहोरी गीत पिपलु र बर छ, देवि घर्तिको आवाजमा रहेको छ । फुर्के रिबनमा, कुलेन्द्र बि.कको आवाज रहेको गीत पनि उत्तिकै रुचाईएको गीत । यि गीत लगायत करिब तिन दर्जन गीतका शब्द संकलक तथा आधा दर्जन गीतमा आफै आवाज दिएका छन ।
 
२०६५ साल देखिको सुर्खेत एफएम बाट सुरु गरिएको पत्रकारीता, बुलबुले एफएम सुर्खेत, हाम्रो अखबार सर्खेत, नेपाल एफएम नेटवर्क काठमाण्डौ, हुँदै हाल नेपालवाणी नेटवर्क र रिपोर्टर्स क्लब नेपालको सह–सप्पादकको जिम्मेवारीमा रहेका उनि ६ नं प्रदेशको तर्फबाट राजधानीमा हुने युवा जागरण अभियानको त्रिवेणी गजल सन्ध्यामा उपस्थित हुँदैछन ।
 
यस्तो छ लक्षमान संगमको परिचय ।
 
नरोक्नुस् मुख छोपेर बोल्न दिनुहोस्
उसलाई दिल खोलेर बोल्न दिनुहोस् ।
 
आफैलाई चिन्न नसकेर परिचय गर्छ
बच्चालाई ऐना हेरेर बोल्न दिनुहोस् ।
 
राजधानीमा आएर कर्णालीका मान्छे
कैल्यै बोलेका थिए र रु बोल्न दिनुहोस्ल ।
 
जड्याहा पनि देशसँग गुनासो गर्छ
कुनै सभामा राखेर बोल्न दिनुहोस् ।
 
 
लक्षमान सङगम प्रदेश नं ७
झट हेर्दा नपत्याउदा लाग्ने लक्ष्मण सङ्गम भर्खरका लक्का जवान छन । छिपछिपे स्वभावका उनि गहकिलो बिचार राख्छन । पछिल्ला समयका पृथक र शसक्त युवा गजलकार हुन । स्वादिलो र जोशिलो लेखाइ भएका सङगम साच्चिकै क्षामाताका संगङम त्रिवेणी जस्तै लाग्छन ।
 
पितामाता – लोकराज र नन्दकला उपाध्यायको कोखबाट २०५३ – ६- १४ ढकारी ४ अछाममा जन्मिएका लक्ष्मण संगम शास्त्री प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी हुन । अछामबाट भविश्यको खोजिमा राजधानी पुगेका लक्षमानका कथा महाकाली जस्तै छन । चुनौतिहरूको डटेर सामाना गर्ने सङगम रमाइला स्वभावका लाग्छन । वास्तविक नाम लक्ष्मण प्रसाद उपाध्याय जनाउने सङगम नेपालि गजलकारीताको क्षेत्रमा लक्षमान संगमका रूममा उदयिमान छन ।
 
थुप्रै पत्रपत्रिकामा उनका गजलहरू छापिसकेका छन भने बहरमा गजल ईन्द्रेणी संयुक्त संग्रह प्रकाशन समेत गरसकेका छन । काव्य मुसायरा सञ्चालक समिति, अछाम गजल मञ्च , नेपाली लेखक संघ अछाम र परमानन्द संस्कृत छात्र कल्याण परिषद् , देवघाट, तनहुँमा समेत आबद्ध उनि राजधानीमा हुने युवा जागरणा अभियानको त्रिवेणी गजल सन्ध्यामा ७ नं प्रदेशको तर्फबाट उपस्थित हँदैछन ।
साभार कुसेन्युज


प्रतिक्रिया दिनुहोस्