Logo

‘प्रेमगीत २’ले गर्यो ६ करोडको व्यापार, कुरा काट्नेहरुलाई ठुलो झट्का



काठमाडौं, २२ साउन । गत १३ गते देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र प्रेमगीत २ ले १० औँ दिनमा आईपुग्दा ६ करोडको व्यापार गरेको छ ।
आर्थिक रुपमा जति सफल भएको छ । दर्शक तान्नमा पनि उत्तिकै सफल भएको छ । यस चलचित्रका पब्लिशिटि डाईरेक्टर किरण आर्चायका अनुसार हिजो शनिबारसम्म उल्लेख्य दर्शकको उपस्थिति रहेको छ ।  उनले रिपोर्टर्सनेपालसँगको कुराकानिमा भने,‘ दोश्रो शुक्रबार र शनिबार पनि चलचित्रहेर्ने दर्शक कम भएका छ्रै्रनन्, हलमा शाहरुख खानको नयाँ फिल्म आए पनि प्रेमगीत २ हेर्ने दर्शक कमी भएका छैनन् ।’

उनले अघि थपे,‘शुक्रबारका अधिकांश शोहरु हाउसफूल भए भने शनिबार देशभरका अधिकांश हल हाउसफूल भएको जानकारी हामीले पाएका छौ प्रेम गीत हेर्नको लागि बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु चलचित्रमन्दीरमा पुग्नु भएको छ चलचित्र हेरे पछि उत्कृष्ट चलचित्रको प्रतिकृया दिनुभएको छ ।’

शुक्रबार नेपाली क्रिकेटका खेलाडिहरुले पनि फिल्म हेरे पछि प्रशंशा गरेका थिए भने गायीका तथा समाचारबाचिका कोमल वलिले पनि चलचित्रको प्रंशशा गरेकि थिइन् ।

चलचित्रले उठाएको माया प्रेमको प्रसँग, राष्ट्रियताका गम्भीर सन्र्दभ र मनोरम राराताल देखि म्यानमार अनि थाइल्याण्ड सम्मको दृष्यले सवै बर्गका दर्शक लाइ मन छोएको दर्शकहरुको प्रतिकृयाबाट पाउन सकिन्छ ।

सन्तोष सेनको निर्माण एव रामशरण पाठकको निर्देशनमा तयार पारिएको चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरीको मुख्य भुमिका रहेको छ ।

यो चलचित्रका बारेमा पछिल्लो दिनमा बजारमा आएका हल्ला र कुरा काट्नेहरुका लागि चलचित्र प्रेमगीत २ ठुलो झट्का सावित भएको छ ।
पृथक कोर्णबाट प्रेमको अभ्यास गर्न खोजिएको उक्त चलचित्रमा मौलिक संस्कृति, राष्ट्रियता मिहिन रुपमा उठाइएको छ । देश बुढो हुँदैन, माया पुरानो हुँदैन भन्ने सन्देश यस चलचित्रले दिन खोजेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्