Logo

कर्मचारी समायोजना र आन्तरिक व्यवस्थापनको झमेलामा सरकार



काठमाडौँ, २२ साउन । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन् । उनले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले भने, “कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ ।”
मन्त्री बस्नेतले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको जानकारी दिए । अहिले कर्मचारी समायोजनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । बस्नेतले अहिले समायोजनको मापदण्ड बनाइरहेको बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्