Logo

जिल्ला समन्वय समितिमा काठमाडौँमा एमालेकै पकड



२२ साउन, काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् ।

आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार वैद्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भइन् । निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरे ।
सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वा्चित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिएका छन् ।

निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्