Logo

राप्रपा फुट्यो, राणाको पक्षमा २२ जना सासंद, सरकारमा जान देउवासँग सहमति



काठमाण्डौ , साउन २२ । सरकारमा सहभागि हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटेको छ । राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नाममा दल दर्ता गराएका छन् ।
पशुपति शमशेरले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका हुन्। राणाले आइतबार ४० प्रतिशत केन्द्रिय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन् । राणाले निर्वाचन आयोगमा गएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको नाममा नयाँ दल दर्ता गराएका हुन् । कमल थापा पक्षका १० जना सासंद राणाको पक्षमा गएका छन् । पशुपतिशमशेरसँग पहिले भएका १२ जनासहित जम्मा २२ जना सासंदको साथ प्राप्त गरेपपिछ यसअघि ठूलो भनिएका कमल थापाभन्दा राणाको दल ठूलो भएको छ ।
राणा नेतृत्वको समुह अब सरकारमा जाने बताइएको छ ।
विगतदेखि नै फुट्दै जुट्दै आएको राप्रपा अन्ततः पुनः फुटेको हो । केही समयअघि मात्रै कमल थापासँग एकता गरेका राणाले सरकारमा सहभागि हुने विषयमा असन्तुष्टी जनाउँदै आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिएका पशुपतिशमशेर सरकारमा जाने पक्षमा थिए । सरकारमा  जानका लागि ढोका खुलेको छ । पहिल्यै देउवा नेतृत्वका सरकारमा जान तम्तयार भएका राणा समुहलाई थापाले रोकेका थिए । सरकारमा जानुपर्छ भनेर लविङ गर्दै आएका दिपक बोहोरा, सुनिल थापा र विक्रम पण्डेले अहोरात्र खटेर पार्टी फुटाएका हुन् ।
अब यि तिनै जना देउवा सरकारको सारथी बन्न चाहन्छन् । कमल थापा पक्षका केही सासंद राणाको पक्षमा सही गर्नेलाई पनि मन्त्रीमण्डलमा पठाउने सहमति भएको छ । शेरबहादुर देउवाले चारवटा मन्त्रालय दिने सहमति पशुपतिशमशेरसँग गरेका छन् ।
चारजना मन्त्री, चार जना राज्यमन्त्री र चार जना सहायक मन्त्रीसहित १२ जना सासंदलाई मन्त्री बनाउने पनि बताइन्छ ।
केन्द्रिय समितिमा दुई तिहाईमा रहेका कमल थापाका मान्छेहरुलाई पनि आफ्नो पक्षमा ल्याउन राणाले निकै कसरत गरेका थिए । ४० प्रतिशत पु¥याउन सक्दैन भनेर चुप लागेर बसेका थापालाई अर्को झड्का लागेको छ । केन्द्रिय समिति विस्तार गरेर राणालाई अर्को पार्टी गठन गर्न रोकेका थापालाई उनकै सहयोगिले धोका दिएका छन् ।
एक महिनाअघिदेखि पार्टी फुटाउन लागेका राणालाई आज सफलता मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरेका थिए ।
पशुपति शम्शेर राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताएका थिए । आगामी दिनमा उनले हिन्दुराष्ट्रको एजेण्डा अघि सार्ने अनुमान गरिएको छ ।

२०४६ सालको आन्दोलनपछि गठन भएको सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दको नाममा गठन भएको राप्रपा धेरैपटक फुट्दै र एकता हुँदै यहाँसम्म आइपुगेको थियो ।
पछिल्लो समय राप्रपा र राप्रपा नेपालको बिचमा एकता गर्न लागि परेकै नेताहरु अहिले आएर पार्टी फुटाउन सहमत भएका हुन् । सरकारमा जानकै लागि कमल थापाकै भित्रियाहरुले पनि पशुपतिशमशेर राणालाई साथ दिएका छन् । राणा पहिलेदेखि नै गणतन्त्रवादी थिए । थापा भने राजसंस्था र हिन्दु धर्मको पक्षपाती थिए । अन्ततः राणा हिन्दु धर्मको पक्षमा खुलेका थिए भने थापा राजसंस्थाको नारालाई पनि सँगै लिएर जाने पक्षमा छन् ।
संविधान संशोधनका लागि निर्णायक मानिएको राप्रपामा विभाजनपछि राणा संविधान संशोधनको पक्षमा र थापा विपक्षमा उत्रिने सम्भावना छ ।
केपी शर्मा ओलीसँग निकट भनेर आरोप लागेका कमल थापालाई झन यसले सजिलो पारिदिएको छ । संशोधनको विपक्षमा जानका लागि । त्यसैले केही समयपछि राणाको पार्टी सरकारमा गए पनि संविधान संशोधनका लागि दुई तिहाइ पु¥याउन कठिन छ



प्रतिक्रिया दिनुहोस्