Logo

करियरको अन्तिम दौडमा धावक युजेन बोल्ट पराजित



काठमाडौं, २२ साउन । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम सय मिटर दौडमा पराजय भोगेका छन् ।

इङ्ल्यान्डको लण्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपअन्तर्गत शनिबार राती भएको सय मिटर दौडमा बोल्ट तेस्रो भए ।९ दशमलव ९२ सेकेण्डमा रेस सकाएका अमेरिकी धावक जस्टिन ग्याट्लिन पहिलो हुँदा ९ दशमलव ९४ सेकेण्डमा रेस सकाएका अर्का अमेरिकी धावक क्रिस कोलम्यान दोस्रो भए ।

तेस्रो स्थान लिएका बोल्टले ९ दशमलव ९५ सेकेण्डमा रेस सकाए । सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक जितेका बोल्टले ५ वर्षपछि त्यही रंगशालामा उक्त प्रदर्शन दोहो¥याउन भने सकेनन् ।

करियरमा २० औं स्वर्ण पदक जित्ने अभियानमा रहेका बोल्ट पराजित भएसँगै उनको विदाई खल्लो भएको छ ।उता दुई पटक डोपिङका कारण प्रतिबन्धित अमेरिकी धावक ग्याट्लिनले भने करियरको अन्तिम दौडमै भए पनि बोल्टलाई पराजित गर्न सफल भएका छन् ।

३५ वर्षिय धावक ग्याट्लिन पनि करियरको उत्तराद्र्धमा छन् । विश्व कीर्तिमानधारी धावक बोल्टले ओलम्पिक खेलमा ८ वटा स्वर्ण पदक जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्