Logo

राजपाभित्रको विवाद झनै उत्कर्षमा, जारी केन्द्रिय समिति बैठकमा त्रिपाठी कड्किएपछि



काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र असोज २ गतेको निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारेको विवाद उत्कर्षमा पुगेको छ।

ऋाजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा संविधान संशोधन प्रस्ताव पारित नगरेसम्म निर्वाचनमा सहभागी नहुने भन्ने नेताहरुको बहुमत पुगेको छ । तर केही नेताहरुले भने निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभएपनि चुनावमा सहभागी हुने धारणा राखेका छन् । अध्यक्ष मण्डलका सदस्यहरुविच नै अहिले चुनावमा जाने वा नजाने भन्नेबारे मत बाझिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेशमा विहान ११ बजेटबा बैठक सुरु भएको उक्त बैठकमा आज असन्तुष्ट पोख्दै आएका शीर्ष नेताहरु हृदेश त्रिपाठी, वृजेशकुमार गुप्ता लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

बैठकमा मधेशका विभिन्न जिल्लाबाट करिब एक हजारभन्दा बढी सहभागी छन् । बैठकमा केन्द्रीय सदस्यसहित जिल्ला संयोजक तथा जनवर्गीय संगठनका अध्यक्षहरु सहभागी रहेका छन् ।

बैठकमा सहभागीहरुलाई ३० वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहले छुटा छुटै छलफल गरी प्रतिवेदन बुझाउने छ । समूहमा छलफल हुँदा आगामी निर्वाचनमा सहभागी हुने अथवा आन्दोलनमा जाने धारणा राख्नेछ । त्यस्तै गठन हुन लागेको पार्टीको विभिन्न समितिका विषयमा छलफल गर्नेछ ।

बैठकमा बोल्दै असन्तुष्ट नेता त्रिपाठीले पार्टी नेतृत्वको तिव्र आलोचना गरेका थिए । उनले पछिल्लो समय पार्टी अत्यन्तै गलत ढंगले चलेको र समयसापेक्ष निर्णय गर्न नसकेको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्