Logo

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणुले भनिन्,“मेरो जितले बुवालाई चितवनबाटै उम्मेद्धवार बन्ने आधार बनेको छ”



भरतपुर महानगरपालिकाले झण्डै साँढे दुई महिनापछि मेयर पाएको छ । मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट रेणु दाहाल निर्वाचित भईन् । उनी मेयरमा निर्वाचित भएपछि पहिलोपटक पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गरेकी छिन् । उनले आफ्नो जितले अब माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाटै आगामी संसदको निर्वाचनमा उम्मेद्धवार बन्ने आधार बनेको खुलासा गरेकी छन् । नवनिर्वाचित मेयर दाहालसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

मेयरमा जित्नको लागि धेरै मेहन गर्नुभयो, होईन र ?

हजुर । पक्कैपनि ।

भनेपछि धेरै गाह«ो भयो ?

गाह«ो होईन । राजनीतिमा होमिईसकेपछि र प्रतिष्पर्धामा उत्रिएपछि उतारचढाव हुन्छन नै । यसलाई मैले धेरै अप्ठयारो वा गाह«ोभन्दापनि एउटा स्वभाविक प्रक्रियाको रुपमा लिएकी छु ।

भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउने त्यहाँका वासिन्दाहरुको सपना छ, त्यो संभव छ ?
संभव छ । भरतपुर महानगरपालिका भनेको नै भर्खरै महानगरको हैसियत प्राप्त गरेको हो । देशकै केन्द्र भागमा यो छ । सबै हिसावले यो महानगरको महत्व छ । विकासको हिसावले यहाँ प्रचुर सम्भावना छ । अहिले हाम्रो महानगर बनिबनाउ छ । भद्रगोल छ । पूरानो संरचना ध्वस्त गरेर नयाँ संरचना बनाउनुपर्नेछ । तर त्यसको बावजुद पनि भु बनोटको हिसावले यहाँ विकासको प्रचुर संभावना छ । सबै खालका संभावनाहरु छन् ।

विकासको लागि त भिजन चाहियो, चिन्तन चाहियो नि ?

पक्कैपनि । त्यही भएर त त्यो जिम्मेवारीवोधका साथ यहाँ आईएको छ। यहाँको विकास गर्ने दृढ संकल्प पनि छ । भरतपुर महानगरपालिकालाई यो देशकै नमूनायोग्य महानगर बनाउँछु ।

तपाईले भरतपुर महानगरको चुनाव जितेसँगै, अब तपाईको पिताले चुनाव त्यही क्षेत्रबाट लड्दैहुनुहुन्छ होईन र ?

विगत दिनमा पनि उहाँ अर्थात मेरो पिताले विभिन्न चुनावमा भाग लिनुभएको छ । उहाँले अहिलेसम्म कहिल्यैपनि आफ्नो विश्वास पात्रलाई लगेर जाने अनि त्यही ठाउँबाट चुनाव लड्नुभएको छ र ? म यो प्रश्न गर्न चाहन्छु ।

तर प्रचण्डजीको चाहना भनेको नै अब भरतपुरबाट चुनाव लड्ने छ अरे नि ?

त्यो त परिस्थितिले निर्धारण गर्ने कुरा हो । अब यही हुन्छ भनेर म ठोकुवा गर्न सक्दिन् । यदि परिस्थितले त्यो आवश्यकत्ता गर्यो भने अर्थात माँग गर्यो भने नहुने भन्ने कुरै हुँदैन् । उहाँ हिजो रोल्पाबाटपनि चुनाव उठ्नुभयो, हिजो काठमाडौंबाट पनि उठ्नुभयो । अहिले सिराहाबाट जनप्रतिनिधिको रुपमा काम गरिरहनुभएको छ । भोलिको दिनमा चितवनबाट उहाँको उम्मेद्धवारी नहोला भन्न सकिँदैन् ।

रेणु दाहालले जितेपछि प्रचण्डजी अहिले उत्साहित हुनुभएको छ ?
हो । पक्कैपनि । उहाँ उत्साहित हुनुभएको छ । सिँगो पार्टीपक्ति नै उत्साहित भएको छ । सबैलाई हिजो चिन्ता र चासो थियो । जनताले जे चाहना राखेका थिए, त्यो चाहना पूरा भएको छ ।

भरतपुरको विकासको लागि विभिन्न योजनाहरु ल्याउँछु भन्नुभएको छ, त्यो संभव छ ?
संभव छ । मैले अघि नै भनिसकेको छु कि भरतपुर काँचो माटो छ । यसलाई हामीलाई नयाँ मोडल दिन चाहन्छौं । र सक्छौं । सबैको साथ र सहयोगको खाँचो छ । खबरदारीको पनि उत्तिकै जरुरी हुन्छ ।

अलिकति प्रसँग बदलौं, चुनाव जितेपछि तपाईलाई क कसले फोन गरे ? भन्नुहोस त ?

मलाई धेरै फोन आएको छ । हजारौंको संख्यामा बधाई सन्देश आईरहेको छ । फोनहरु पनि लगातार आईरहेका छन् । यो उत्साह र उमंग दिईरहेको छ। साथै, जिम्मेवारीवोध पनि गराएको छ ।

भरतपुरको चुनावी मतपरिणाम हेर्दा, कांग्रेस र माओवादी गठबन्धन सफल भयो होईन ?
पक्कैपनि हाम्रो गठबन्धन सफल भएको छ । पक्कैपनि भरतपुरमा पहिलो मेयरको रुपमा म विजयी भएकी छु । मुलुककै पहिलो महिला मेयर उम्मेद्धवार भएको छु । यहाँ उपमेयरपनि महिला नै हुनुहुन्छ । पार्वती शाहजी । अहिले जितेपछि त्यही खालको चर्चा छ । महिला जगतको लागि प्रतिष्ठाको विषय बनेको छ । सबैले अपेक्षा गर्नुभएको छ । म पनि काम गरेर देखाउँछु नै ।

तपाईको बुवा यो देशको शक्तिशाली राजनीतिज्ञ हुनुहुन्छ, त्यसैले जनताले केही हुन्छ कि भनेर तपाईलाई जिताएका हुन भन्नेपनि छन् नि ?

त्यो कुरा म विल्कुलै मान्दिन् । कसरी मान्ने ? जनतामा थोरै प्रतिशत ध्यान खिच्चको लागि म प्रचण्डको छोरी भएकोले काम गर्यो होला । तर म सर्बेसर्वा यो कुरा मान्न तयार छैन । म उहाँका कारणले मलाई केही सहजता भएको छ, तर केही आलोचनाहरु मैले खेपिरहेकी छु ।

तपाईको चाहना अब मेयरपछि अब मन्त्री हुँदै प्रधानमन्त्री बन्नेसम्म हो र ?

कसैले चाहना राख्दैमा हुने कुरा होईन । काम गर्दै जाँदा समयले माँग गर्यो भने हुने कुरा हो । प्रधानमन्त्री बन्ने लक्ष्य त राख्नुपर्छ । तर यो भोलिको अपेक्षा हो । अहिले नै हुने होईन। मैले जनताको मन जित्नेगरि काम गर्न सके भने हुन्छ । तर अहिले नै त्यो चाहना मैले लिएकी छैन ।

उसो भए प्रचण्डको परिवारको कुरा गर्दा तपाई अब उहाँको उत्तराधिकारी त हो नि ?

उत्तराधिकारी नै भनेर अहिले नै ठोकुवा गर्न मिल्दैन् । यो त परिस्थितिले निर्धारण गर्ने कुरा हो ।

तपाईले चुनाव जितेपछि प्रचण्ड –बुवाले फोन गर्नुभयो होईन ?

हो । उहाँले फोन गरेर मलाई बधाई दिनुभयो । शुभकामना दिनुभयो । जनताको मन जितेर देखाउनु भनेर हौसला दिनुभयो ।

उसो भए मेयरका पराजित उम्मेद्धवार देवी ज्ञवालीले चाहीँ के भन्नुभयो ?

उहाँसँग मेरो मतगणना प्रक्रियामै अर्थात हुँदै गर्दा भेट भएको थियो । र, पछिल्लो अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बेला उहाँ त्यहाँ हुनुहुन्नथ्यो । तर उहाँको टिममा रहेका साथीहरुले मलाई बधार्ई दिनुभयो, शुभकामना दिनुभयो । उहाँहरुले हाम्रो पनि तपाईलाई सहयोग छ भन्नुभयो ।

 

 



प्रतिक्रिया दिनुहोस्