Logo

अखिल क्रान्तिकारीको महासचिवमा चुनौति दिदै पहिलो पटक सुवेदी



काठमाडौं, २२ साउन । अखिल (क्रान्तिकारी) विद्यार्थीको संगठनको आशन्न २१ औँ राष्ट्रिय सम्मेलन आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म सम्पन्न हुने भएको छ ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको अध्यक्षका करिब आधा दर्जन यूवा नेता आकांक्षि देखिएका छन् । अध्यक्षमा अनिल शर्मा, मदन अर्याल, रञ्जित तामाङ, आरसी अधिकारी, वीरेन्द्र बस्नेत लगायतका नेताहरु यतिबेला टिकटको लागि दौडधुप गरिरहेका छन् ।
त्यस्तै अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव राजेश्वरी सुवेदी महासचिवको लागि मैदानमा उत्रेकी छिन् । उनको प्रतिद्धन्दीमा दर्जनौ नेताहरु मैदानमा उत्रिदैछन् । अखिल क्रान्तिको ईतिहासमा पहिलो पटक महासचिवमा सुवेदीको उम्मेदारी पर्ने देखिएको छ । उनको लागि यो चुनौतिको विषय पनि हो । महासचिव जस्तो शक्तिशालि पदमा रहेर कामगर्ने सन्दर्भ र मुद्धाका हिसावमा पनि चुनौतिपूर्ण छ ।

छात्रा विभाग प्रमुख समेत रहेकी सुवेदी विगतका विभिन्न विद्यार्थी आन्दोलन तथा पार्टीको अग्रपंतीमा रहेर महत्वपूर्ण साथ दिएको बताउछिन् ।
रिपोर्टर्स नेपालसँगको कुराकानिमा संविधानमा समावेस गरिएका हक अधिकारको पालनागर्ने, समाजवादी शिक्षा कार्यन्वय गर्न र महिला शसक्तिकरणको लागि अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनमा आफ्नो उम्मेदारी रहेको बताउछिन् ।

उनले भनिन्,‘यो सम्मेलनमा मेरो प्रतिष्पर्धिको रुपमा पुरुष साथीहरु आउने सम्भावना छ, मेरो मुद्धाहरु फरक छन्, फरक शैलीबाट अगाडि आएकी छु, वैज्ञानीक शिक्षा र समाजवादी शिक्षालाई समाजसँग जोड्नको लागि उम्मेदवारी घोषणा गरेकी छु, मेरो प्रतिष्पर्धामा जो सुकै साथहरु आएपनि महासचिवमा म विजयी हुनेछु भन्नेमा विश्वस्त छु ।’

 

 



प्रतिक्रिया दिनुहोस्