Logo

हरेक सदस्यलाई बोलाएर पैसाको प्रस्ताव गरिएको प्रमाणित गरिदिन्छु : दिलनाथ गिरी



साउन २३, काठमाण्डौ । पशुपति शमशेर राणाले केन्द्रिय सदस्यलाई पैसामा किनेको आरोप दिलनाथ गिरीले लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे गिरीले भने, “एकएक गरेर प्रमाणित गरिदिन्छु । हरेक सदस्यलाई बोलाएर पैसाको प्रस्ताव गरिएको थियो ।”
धेरै केन्द्रिय सदस्य र सासंदले पैसाको प्रस्ताव अस्विकार गरेको तर केही भने पैसामा किनिएको गिरीले आरोप लगाए । “हामीसँग प्रमाण छ ।” गिरीले भने ।
पार्टी दर्ताका लागि निर्वाचन आयोग र सरकारको संरक्षणमा सनाखत गराउने काम भएको गिरीको आरोप छ ।
सरकारी पक्षले पशुपतिशमशेरलाई पार्टी फुटाउन उक्साएको दाबी गिरीको छ । पशुपतिशमशेरले सिफारिस गरेकालाई मन्त्री बनाउने आश्वासन सरकारी पक्षले दिएको गिरीको ठोकुवा गरे ।
अब पशुपतिशमशेर पक्षधर सरकारमा सहभागि भएमा त्यसको पुष्टी हुने गिरीको तर्क छ ।

गिरीले पार्टीभित्र साङ्घातिक हमला भएको आरोप लगाउँदै गिरीले पार्टीलाई ध्वस्त बनाउन खाजिएको बताए ।



प्रतिक्रिया दिनुहोस्