Logo

यूवासंघ र तरुणदलको भन्दा राजनीतिक चरित्र भएको संगठन हो वाईसियल : महासचिवका उम्मेदवार शाही



काठमाडौं, २३ साउन । कालिकोट स्थिायी घर भएका मंगल शाही युवा आन्दोलनको क्षेत्रमा स्थापित र परिचित नाम हो । लामो समय बिद्यार्थी आन्दोलनमा सक्रिय शाही पार्टी र संगठनको आवश्यकताको कारण वाइसियल नेपालमा स्थानान्त्ररण भएका थिए ।

कालिकोटमा स्कुलले जीवन देखि नै माओवादी राजनीतिमा आबद्ध उनि यसपाली राजधानीमा हुन गईराखेको वाइसियल नेपालको सम्मेलनमा महासचिव पदका एक प्रमुख दावेदार हुन् ।

उनि उमेरहद युवाहरुको माग र नेपालमा दलाल पूजीवादको अन्त्यको लागि आफुले महासचिवमा उमेद्वारी दिएको बताए । आगामी सम्मेलनको तयारी जुन स्थरबाट हुनुपर्ने हो त्यो रफ्तारमा नभएको बताएका छन् । उनले भने,‘ सम्मेलनको तयारी जति हुनुपर्ने हो त्यो स्तरबाट भएको छैन्, खासगरि हजारौ नेपाली युवाको प्रतिनिधित्तो गर्दै आइरहेको संगठन वाइसियलको सम्मेलनको तयारी गर्नु पुर्व यसको विधानको बारेमा पनि व्यापक छलफल हुनु आवश्यक थियो, त्यो पनि हुन सकेन नेतृत्वमा रहेका जिम्मेवार कमरेडहरुमा दृढ इच्छा शक्ति देखिएन वाइसियल लाई व्यापक सुदृढ तथा विस्तार गर्दै प्रत्येक नगर पालिकाको वडा सम्म पुर्याएर सवल प्रभाकारी संगठन बनाउनु पर्नेमा केन्द्रिय तहमा रहेका नेताहरुले वाइसियल लाई एउटा कोठामा सिमित मात्र हुने संगठनको रुपमा पुर्याउनु भयो तसर्थ व्यापक तयारी हुन नसकेपनि धिमा गतिमा माओवादी केन्द्रको संगठनात्मक चरित्रको जस्तै तयारी भैरहेको छ।’

सम्मेलनबाट नयाँ एजेण्डा र नयाँ नेतृत्व लिएर नेपाली राजनीतिमा स्थिपित हुने प्रणका साथ अघि बढेको बताउदै शाहीले भने,‘सम्मेलनबाट हामी नयाँ एजेण्डा सहित नयाँ नेतृत्व लिएर आउदै छौ । वाइसियलमा आवध्द सबै युवाहरुलाई शर्म तथा पूजीमा अनिवार्य जोडिने नीति लिएर राष्ट्को सम्वृद्धिमा टेवा पुग्ने नीति बनाउछौ । यो नै हाम्रो मूल एजेण्डा रहने छ साथै नेपालमा रोजगार मैत्री वातावरण कसरी बनाउन सकिन्छ, भनेर सरकार तथा निजि क्षेत्रसंग सहकार्य तथा समझदारीमा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने तथा विवेकशील युवालाई राज्यले धेरै भन्दा धेरै तीनको क्षमता, योग्यता लाई व्यापकरुपमा उपयोग गरि सम्बृद मुलुक बनाउने दिशातिर जाने नेतृत्वलाई दवाव सिर्जना गर्ने खालको एजेण्डा रहन्छ । साथै १० वर्षे जनयुध्द तथा २०६२ –६३ को जनआन्दोलनको मूल मर्म लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न व्यापक मात्रामा युवालाई परिचालन गर्ने नीति रहन्छ।’

करिब निधाएको जस्तो वाईसियल सम्मेलनबाट जाग्ने बताएका छन् । उनले भने,‘कुनै बेला प्रत्येक युवाको मनमा एउटा रहर थियो । वाइसियलको सदस्य कसरी बन्न सकिएल । तर त्यो रहर धेरै दिन टिक्न सकेन कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउने मुख्य शक्तिको रुपमा युवाको नेतृत्व वाइसियलले गरेको थियो तर विभिन्न शक्ति केन्द्रको दवावमा हजारौ युवाहरुको रहर लाग्दो र भरलाग्दो संगठन केहि समय पछि सुस्तायो सुतेको होइन । अब वाइसियल जाग्नुको विकल्प छैन । हजारौको त्याग तपस्या र बलिदान बाट प्राप्त उपलब्धिहरु सस्थागत हुदै छन् । संबिधान कार्यान्वयन हुन् नदिने विभिन्न शक्ति केन्द्र हरु टुप्पी कसेर लागेका छन् । यस बेला पनि युवाहरु जागेंनन् भने देश धरापमा पर्ने तथा हाम्रा उपलब्धिहरु खोसिने साथै देशमा संकट पैदा हुनेवाला छ त्यसैले एकपटक उठ्नु पर्छ ,जाग्नु पर्छ उठाउनुको विकल्प छैन ।’

सम्मलेनमा उम्मेदारी दिनको लागि १८ वर्षदेखी ४० नकटेका यूवा योग्य हुने शाहीले जानकारी दिएका छन् । उनी अघि थप्छन्,‘खासगरी युवा अवस्था भनेको १८ वर्ष देखि ४० वर्ष हो भन्ने मान्यता नेपालमा स्थापित छ । युवा भन्ने वितिकै फुर्तिलो ,जोस जागर शारीरिक रुपमा मजबुत तथा केहि गरि हल्नु पर्छ । तुरुन्तै भन्ने चाहना राख्ने उमेर समुह भन्ने बुझिन्छ । नेपाल लगायत विश्वका विभिन्न देशका युवा संगठनमा उमेर हद लागु गरेको देखिन्छ । नेपालको युवा आन्दोलनमा अहिले उमेर समुहले बल्खाले प्रधानता पाईराखेको छ । विशेष गरि युवा आन्दोलनमा कुन उमेर समुहका युवाहरु संगठनका नेता भन्ने सवाल निकै चर्को गरि उठिराखेको छ । हुन् त अहिले सम्म हाम्रो संगठनमा विधि र पद्धती मिचिएकै छ । एकताको नाममा ४८ वर्षका युवालाई वाइसियलको संयोजक बनाईएको छ । कहिले त हामी युवा होइनौ प्रौढहरुको संगठन हो कि जस्तो लाग्छ । हाम्रो संगठनको संयोजक ४८ वर्षको हो भन्ने हामी सबै लाई थाहा छ । उमेर समुहको आधारमा वालवालिका ,युवा ,प्रौढ र बुढाबूढीको परिभाषा निश्चित गरिएको छ ।’

वाईसियलबाट जनताले फरक अपेक्षा गरेको बताउछन । यसका बारेमा शाहीले भने,‘मुख्यत युवाहरुको माझ वाइसियल नेपाल तरुणदल र युवासंग नेपाल भन्दा कैयन गुना प्रगतिशिल राजनैतिक चरित्र भएको संगठन हो । जसको इतिहास बलिदानको गाथाले भरिएको छ क्रान्तिकारी उच्चा चेतनाबाट बेस यो संगठन देशको सम्वृद्धि र आर्थिक विकासको लागि सबै खाले त्याग तपस्या तथा उच्च प्रकारको बलिदान गर्न अझै तयार रहने छ । सम्मेलन पछि नयाँ नीति तथा कार्यक्रम नयाँ नेतृत्व सहित सामाजिक हिंसा गुन्डागर्दी,भ्रष्टाचार,महंगी तथा कालाबजारी नियन्त्रण गर्नका लागि विशेष अभियान संचालन गरिने छ, भने राष्ट्र्को सम्वृद्धि, आर्थिक विकास तथा बेरोजगार लाई रोजगारीको लागि विशेष पहल गरिने छ ।’



प्रतिक्रिया दिनुहोस्